बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा समस्या

बुधबार, कात्तिक १२ २०८२
वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा समस्या

एफपीआईएमएसमा समस्या आएकाले बाहिरबाट आवेदन दिने सेवाग्राहीलाई थप सास्ती भएको छ।

काठमाडौं- वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणाली (एफपीआईएमएस)मा समस्या आएपछि श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई सास्ती भएको छ।

मंगलबारदेखि उक्त प्रणालीमा समस्या आएपछि विभाग बाहिरबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई समस्या उत्पन्न भएको विभागका सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिए।

उनले भने, 'एफपीआईएमएसमा समस्या आएकाले बाहिरबाट आवेदन दिने सेवाग्राहीलाई थप सास्ती भएको छ। अति जरुरी श्रम स्वीकृतिका लागि विभागमा आएकालाई हाम्रो अर्को प्रणालीबाट सेवा दिइरहेका छौँ। विभाग बाहिरबाट आवेदन दिनेको हकमा समस्या भइरहेको हो।'

त्यसैगरी, वेबसाइटमा देखिएको समस्या मंगलबारदेखि समाधान भएको विभागले जनाएको छ। एफपीआईएमएसमा समस्या देखिएपछि अहिले प्राविधिक समूहले जाँच गरिरहेका जनाउँदै सूचना अधिकारी ढकालले केही दिनमा समस्या समाधान हुने बताए।

'वेबसाइटको ‘स्पेसल सर्टिफिकेट’ को समयसीमा सकिएर समस्या देखिएको थियो। मंगलबार सर्भर बन्द हुँदा श्रम स्वीकृतिका लागि आवेदन दिनेहरू पनि मर्कामा परेका थिए। यो समयस्या भने सोहीदिन समाधान भएको छ', उनले भने। रासस


प्रकाशित : बुधबार, कात्तिक १२ २०८२१२:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend