आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

अर्बौँ डलर गुमाए रसियन धनाढ्यले 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २० २०७८
images
images
अर्बौँ डलर गुमाए रसियन धनाढ्यले 

प्रतिबन्धको असर भर्खर देखिन सुरु भएको विज्ञहरूले बताएका छन्। आगामी दिनमा यसको प्रभाव अझै गहिरो भएर जाने उनीहरूको अनुमान छ। 

images
images

काठमाडौं- पछिल्लो एक सातादेखि रसियाले युक्रेनमाथि सैन्य आक्रमण गरिरहेको छ। युक्रेनले जसोतसो रक्षात्मक जवाफ दिइरहेको छ। 

images
images

रसियन सैन्य डफ्फा युक्रेनको राजधानी किभमा कब्जा गर्न अघि बढिरहेको छ। 

images
images

सार्वभौम मुलुक युक्रेनमाथि सैन्य आक्रमण गरेपछि संसारभरबाट रसियाको विरोध भइरहेको छ। रसियाका तानाशाह भ्लादिमिर पुटिनको युद्ध एड्भेन्चरको नाम दिइएको यो सैन्य आक्रमणको धेरै निन्दा गरेका छन्। 

images
images
images

रसियामाथि पश्चिमा मुलुकले आर्थिक नाकाबन्दी लगाएका छन्। देशमाथि मात्र नभएर पश्चिमाहरूले पुटिन निकट धनाढ्य तथा कम्पनीमाथि पनि कडा आर्थिक प्रतिबन्ध लगाएका छन्। अमेरिका तथा बेलायतले उनीहरूको कारोबार रोक्का, यात्रा प्रतिबन्ध जस्ता कडा व्यवस्था गरेका छन्। 

यही कारणले गर्दा पछिल्लो सातामै उनीहरूले ८० अर्ब बढीको डलर गुमाएका छन्। पुटिन निकट राज्यहरूमाथिको प्रतिबन्धको सूची अझै थपिँदै गएको छ। 

प्रतिबन्धको असर भर्खर देखिन सुरु भएको विज्ञहरूले बताएका छन्। आगामी दिनमा यसको प्रभाव अझै गहिरो भएर जाने उनीहरूको अनुमान छ। 


प्रकाशित : शुक्रबार, फागुन २० २०७८०८:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend