आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

रूस र बेलारुसमा कार्यक्रम स्थगित गर्‍यो विश्व बैंकले 

images
शुक्रबार, फागुन २० २०७८
images
images
रूस र बेलारुसमा कार्यक्रम स्थगित गर्‍यो विश्व बैंकले 

नयाँ परियोजना यी दुई देशमा यसअघि नै रोकिएको भएपनि पहिलेकै कार्यक्रम भने सञ्चालित थिए। यी सञ्चालनमा रहेका कार्यक्रमको काम अहिले रोकिएको हो। 

images
images

काठमाडौं- विश्व बैंकले रूस र बेलारुसमा कार्यक्रम स्थगित गरेको छ। 

images
images

रसियाले युक्रेनमा आक्रमण गरेपछि बैंकले आफ्ना सबै कार्यक्रम तत्कालका लागि स्थगित गरेको जानकारी गराएको छ। 

images
images

बैंकले रूसमा सन् २०१४ देखि नयाँ कार्यक्रम स्वीकृत गरेको छैन। रूसले क्राइमियामा कब्जा गरेपछि नयाँ परियोजना स्वीकृति रोकेको थियो। 

images
images
images

त्यस्तै बेलारुसमा पनि सन् २०२० देखि कुनै नयाँ कार्यक्रम स्वीकृत गरिएको छैन। सन् २०२० मा बेलारुसको राष्ट्रपतीय निर्वाचनमा धाँदली भएको थियो। सो घटनापछि अमेरिकाले प्रतिबन्ध लगाएको थियो। 

नयाँ परियोजना यी दुई देशमा यसअघि नै रोकिएको भएपनि पहिलेकै कार्यक्रम भने सञ्चालित थिए। यी सञ्चालनमा रहेका कार्यक्रमको काम अहिले रोकिएको हो। 

बैंकले सन् २०२० सम्म बेलारुसमा ३० करोड डलर लगानी प्रतिबद्धता गरेको थियो। विश्व बैंकको वेबसाइटमा दिइएको जानकारी अनुसार बेलारुसमा बायोमास, वन र शैक्षिक आधुनिकीकरण आयोजनामा लगानी गरेको छ। 

यी दुई देशमा कार्यक्रम स्थगित गरेका विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनमा भने अर्बौँको राहत दिने घोषणा गरेका छन्। 


प्रकाशित : शुक्रबार, फागुन २० २०७८०६:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend