शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

शुक्रबार पनि ३ घण्टा विमानस्थल बन्द

images
शुक्रबार, फागुन २० २०७८
images
images
शुक्रबार पनि ३ घण्टा विमानस्थल बन्द
images
images

काठमाडौं (फागुन, २०) - देशको एक मात्रै सञ्चालनमा रहको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार आज ३ घण्टा बन्द हुने भएको छ।
विमानस्थल कार्यालयले ३ घण्टा विमानस्थल बन्द हुने गरी नोटाम जारी गरेको छ।

images
images

क्यालिब्रेसन उडानका लागि विमानस्थल कार्यालयले उडान बन्द गर्न लागेको हो। दिउँसो साढे ११ बजेबाट साढे २ बजेसम्म विमानस्थलका सबै उडान तथा अवतरण बन्द हुने विमानस्थल कार्यालयले जनाएको छ।

images
images

यस अघि बिहीबार भने क्यालिब्रेसन उडानसँगै विमानस्थलमा अन्य उडानलाई पनि जारी राखिएको थियो। क्यालिब्रेसन उडानको समयमा अन्य उडान व्यवस्थापनमा असहज भएपछि कार्यालयले शुक्रबार भने सबै अन्य उडान बन्द गर्ने गरी नोटाम जारी गरेको हो।

images
images


प्रकाशित : शुक्रबार, फागुन २० २०७८०४:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend