काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
आयल निगमले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रूपैयाँ बढाएको हो।
अब पेट्रोल प्रतिलिटर १५० र डिजल/मट्टितेल प्रतिलिटर १३३ रुपैयाँ भएको छ।
यस्तै हवाई इन्धनको मूल्य ९ रूपैयाँ ५० पैसाले बढेको छ भने अन्य यथावत नै राखेको निगमले जनाएको छ।