बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

प्रभु र सेञ्चुरीको मर्जर प्रक्रियाले मूर्तरुप लिँदै, मर्ज भएपछि वित्तीय रुपमा कस्तो होला बैंक?

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २० २०७८
प्रभु र सेञ्चुरीको मर्जर प्रक्रियाले मूर्तरुप लिँदै, मर्ज भएपछि वित्तीय रुपमा कस्तो होला बैंक?

माछापुच्छ्रे बैंकसँग मर्जको प्रस्तावबाट पछि हटेको सेञ्चुरी बैंकले पछिल्लो समय प्रभु बैंकसँग मर्जरमा जान घनिभूत छलफल जारी राखेको हो।

काठमाडौं- प्रभु र सेञ्चुरी बैंक मर्जरका लागि तयारी तीब्र पारेका छन्। दुवै बैंकले आन्तरिक छलफललाई तीव्रता दिएका हुन्। दुवै बैंकका सञ्चालकहरूले अनौपचारिक मर्जरको लागि छलफल गरिरहेका छन्। दुई बैंकले आन्तरिक समिति बनाएर मर्जको प्रस्तावमा छलफल गरिरहेका हुन्। 

माछापुच्छ्रे बैंकसँग मर्जको प्रस्तावबाट पछि हटेको सेञ्चुरी बैंकले पछिल्लो समय प्रभु बैंकसँग मर्जरमा जान घनिभूत छलफल जारी राखेको हो। दुवैले स्वाप रेसियोसहित सहमती गराएर मात्रै बाँकी कुरा अगाडि बढाउने तयारी गरेका छन्। सम्भवतः स्वाप रेसियोमा समेत कुराकानी मिल्न सक्नेगरी छलफल भइरहेको सेञ्चुरी बैंकका एक सञ्चालकले जानकारी दिए। 

सेञ्चुरीले करिब दुई सातासम्म माछापुच्छ्रेसँग छलफल गरे पनि स्वाप रेसियोमा कुरा नमिलेपछि प्रभु बैंक तिर मर्जर मोडिएको थियो। सेञ्चुरीले माछापुच्छ्रेलाई मर्जरको अफर गरेको थियो। तर स्वाप रेसियो कति राख्ने भन्ने तहमा समेत छलफल भएपछि बीचमै सेञ्चुरीले प्रभु बैंक रोजेको हो।

मर्जका लागि हिमालयन र सिभिलको चर्चा पनि चलिरहेको छ। यता सनराइज र माछापुच्छ्रे बैंकको पनि मर्जको चर्चा चलिरहेको बेला प्रभु र सेञ्चुरी बैंकले पनि मर्जका लागि स्वाप रेसियोमा छलफल थालेका छन्। स्वाप रेसियोमा प्रभुसँग १०० बराबर ९५ हुने गरि सेञ्चुरीले माग गरेको छ। तर प्रभुले भने ९० दिन तयार रहेको बुझिएको छ। 

दोस्रो त्रैमासमा सेञ्चुरी बैंकले ५४ प्रतिशत नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले दोस्रो त्रैमासमा ७२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। प्रभुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब २६ करोड रुपैयाँ खुदनाफा गरेको छ। 

सेञ्चुरीको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। प्रभुको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ। दुई बैंक मर्जरमा जाँदा २२ अर्ब चुक्ता पुँजी पुग्ने छ। दुई बैंक मर्जरमा जाँदा २२ अर्ब चुक्ता पुँजीको बैंक निर्माण हुने छ। 

केही सातामै सेञ्चुरी र प्रभु मर्जरमा कुनै सहमति हुने अनुमान गरिएको छ। सेञ्चुरीले भने १०० को ९५ कित्ता स्वाप रेसियो मागेको छ। हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्ज भाँडिएपछि यतिबेला धेरै बैंकहरू मर्जमा जानेगरी अनौपचारिक रूपमा तीव्र छलफलमा लागि रहेका छन्।

 


प्रकाशित : शुक्रबार, फागुन २० २०७८०१:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend