शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

विमानस्थल कार्यालयको लापरबाहीका कारण कतार एयरको जहाज २ घण्टादेखि आकाशमै होल्ड

images
बिहीबार , फागुन १९ २०७८
images
images
विमानस्थल कार्यालयको लापरबाहीका कारण कतार एयरको जहाज २ घण्टादेखि आकाशमै होल्ड
images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको लापरबाहीका कारण विभिन्न गन्तव्यबाट काठमाडौं आएका जहाज आकाशमै होल्ड भएका छन्।

images
images

विमानस्थल कार्यालयले नियमित उडान तथा क्यालिब्रेसन उडान सँगसँगै गर्दा जहाज अकाशमै होल्ड भएका हुन्। कतार एयरको एउटा जहाज दुई घण्टादेखि आकाशमै होल्ड भएको छ।

images
images

कतार एयरवेजजको फ्लाइट नम्बर ६४६ जहाजले काठमाडौ उपत्यकाको आकाशमै १३ फन्को लगाइसकेको छ। अन्य जहाजहरू पनि आकाशमै होल्ड भएका छन्।

images
images

विमानस्थल कार्यालयले क्यालिब्रेसन उडानमा पनि उडान नियमित गर्न खोज्दा समस्या आएको हो। तर विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले आन्तरिक उडानमा केही समय मात्रै जहाज होल्ड भएको स्वीकार गर्छन्। तर अन्तर्राष्ट्रिय उडानमा रहेको जहाज भने हावाको कारण अवतरण हुन नसकेको उनको भनाइ छ।

कार्यालयले ३ बजेदेखि साढे ५ बजेसम्म क्यालिब्रेसन उडान गर्ने भन्दै क्यालिब्रेसन उडान गरिरहेको छ।


प्रकाशित : बिहीबार , फागुन १९ २०७८११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend