आइतबार, असोज ६ गते २०८१    
images
images

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य ९ वर्षकै उच्च

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १९ २०७८
images
images
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य ९ वर्षकै उच्च

तर रसियाले युक्रेनविरुद्ध छेडेको युद्धको पहिलो प्रभाव संसारभरको अर्थतन्त्रमा देखिन थालेको छ। संसारकै अर्थतन्त्रलाई एकैपटक प्रभावित पार्ने पेट्रोलियमको मूल्य अन्तर्राष्ट्रिय बजारमा उच्च वृद्धि भएको छ। 

images
images

काठमाडौं- रसियाले युक्रेनमा सैन्य आक्रमणपछि उपभोग्य वस्तुको मूल्यमा उच्च वृद्धि भइरहेको छ। उपभोग्य तथा औद्योगिक वस्तुको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ। 

images
images
images

प्रत्येक दिन यस्ता वस्तुको मूल्य वृद्धि भइरहेको छ। गहुँको मूल्य १४ वर्ष यताकै महंगो भएको छ भने अल्मुनियमको पनि मूल्यमा उच्च वृद्धि भएको छ। पछिल्लो समय सबैभन्दा धेरै मूल्यवृद्धि भइरहेको पेट्रोलियम पदार्थको हो। 

रसियन हमलाको जवाफमा पश्चिमा देशले रसियामाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन्। संसारकै दोस्रो ठूलो खनिज इन्धन उत्पादक देश रसिया युद्धमा होमिएपछि मूल्यमा वृद्धि देखिएको छ।  

तर रसियाले युक्रेनविरुद्ध छेडेको युद्धको पहिलो प्रभाव संसारभरको अर्थतन्त्रमा देखिन थालेको छ। संसारकै अर्थतन्त्रलाई एकैपटक प्रभावित पार्ने पेट्रोलियमको मूल्य अन्तर्राष्ट्रिय बजारमा उच्च वृद्धि भएको छ। 

images

रसियाले युक्रेनमा आक्रमण गरेदेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्यमा उछाल आएको छ।  अन्तर्राष्ट्रिय बजारमा आज क्रुड अयलको मूल्य प्रति ब्यारेल ११९ डलरसम्म पुगेको छ। यो सन् २०१३ पछिकै उच्च हो। 


प्रकाशित : बिहीबार , फागुन १९ २०७८०९:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend