शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

भाइटीकाको दिनबाहेक तिहारमा पनि 'आरटीजीएस' प्रणाली सञ्चालनमा रहने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक ३ २०८२
भाइटीकाको दिनबाहेक तिहारमा पनि 'आरटीजीएस' प्रणाली सञ्चालनमा रहने

काठमाडौं- तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालनमा आउने भएको छ। 

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी यही कात्तिक ३, ४, ५ र ७ गते सार्वजनिक विदाका दिनमा सो प्रणाली सञ्चालनमा रहने जनाएको हो।

भाइटीकाको दिन भने सो प्रणाली बन्द हुनेछ। उक्त प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालनमा रहने नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जनाएको छ। 

केन्द्रीय बैंकले यसअघि नै भन्सार जाँचपास गर्ने प्रयोजनका लागि आवश्यक बैंकिङ प्रणाली सञ्चालनमा ल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ।

तिहारको भाइटीकाको दिनबाहेक अरु दिन अरु सबै दिन भन्सार जाँचपासका गर्न आवश्यक पर्ने बैंकिङ सेवा सञ्चालन गर्ने व्यवस्था गर्न गराउन क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो। 


प्रकाशित : सोमबार, कात्तिक ३ २०८२१०:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend