काठमाडौं- बिहीबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ। बुधबार ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबारका लागि ५ सय रुपैयाँ घटेर ९९ रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ। बिहीबारका लागि चाँदीको मूल्य १३ सय ८० रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।