बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

सिटिजन्स लाइफ इन्स्योरेन्सले ७५ लाख कित्ता आईपीओ जारी गर्ने

बिहीबार , फागुन १९ २०७८
सिटिजन्स लाइफ इन्स्योरेन्सले ७५ लाख कित्ता आईपीओ जारी गर्ने

काठमाडौं- सिटिजन्स लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले चैत्र ११ गते काठमाडौंको ठमेलस्थित अलफ्ट होटेलमा सभा आह्वान गरेको हो।

सभामा आईपीओ निष्काशन गर्ने सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीले हालसम्म आईपीओ निष्काशन गरेको छैन। कम्पनीले ७५ करोड बराबरको ७५ लाख कित्ताको सेयर निष्काशन गर्ने तयारी गरेको छ। 

अधिकृत पुँजी ३०० करोड रहेको कम्पनीमा संस्थापक सेयरधनीबाट १७५ करोड चुक्ता भइसकेको छ।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २५० करोड पुग्ने छ। कम्पनीले सेयर निष्काशनको लागि एनआइबीएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरिसकेको छ।

 


प्रकाशित : बिहीबार , फागुन १९ २०७८०५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend