शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

दुई सय पर्यटकले गरे हेलिटुरमार्फत खप्तड अवलोकन

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १९ २०७८
images
images
दुई सय पर्यटकले गरे हेलिटुरमार्फत खप्तड अवलोकन

फागुन १ गतेबाट सञ्चालन गरिएको हेलिटुरमार्फत दुई विदेशी पर्यटक तथा २ सय ४८ आन्तरिक पर्यटक खप्तड अवलोकनका लागि पुगेका हुन्।

images
images

काठमाडौं- सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा हेलिटुरमार्फत २ सय ५० स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन भ्रमण गरेका छन्।

images
images

उक्त हेलिटुरमार्फत खप्तडमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहितको टोलीले पनि खप्तड अवलोकन भ्रमण गरेको उनको सचिवालयले जनाएको छ।

images
images

नेपाल पर्यटन बोर्ड तथा माउन्टेन हेलिकोप्टर प्रालिसँगको समन्वयमा खप्तड राष्ट्रिय निकुञ्ज प्रवद्र्धक तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेश, उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम तथा होटल व्यवसायी महासंघ सुदूरपश्चिमको सहकार्यमा खप्तड होमस्टे झिग्राना र खप्तड एडभेन्चर टुर्सले उक्त हेलिटुर सञ्चालनमा ल्याएको थियो।

images
images

यही फागुन १ गतेबाट सञ्चालन गरिएको हेलिटुरमार्फत दुई विदेशी पर्यटक तथा २ सय ४८ आन्तरिक पर्यटक खप्तड अवलोकनका लागि पुगेको खप्तड होमस्टे झिग्राना तथा खप्तड एड्भेन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादुर खड्काले बताए।

खप्तड राष्ट्रिय निकुञ्ज र प्रमुख धार्मिकस्थल बडिमालिकाका लागि हेलिटुर सञ्चालन गरिएको भए पनि अत्यधिक हिउँका कारण बडिमालिकामा हेलिकप्टर ल्याण्ड गर्न नसकिँदा सोचे जति पर्यटक भित्र्याउन नसकिएको आयोजक संस्थाले जनाएको छ। चिसोको समयमा सुनसानजस्तै देखिने खप्तड क्षेत्रमा यस पटक हेलिटुर सञ्चालन भएपछि पर्यटकलाई अवलोकनका लागि निकै सहज भएको डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेलले बताए।

कोरोना महामारीले दुई वर्षदेखि थला परेको यस क्षेत्रको पर्यटन क्षेत्रमा हेलिटुर सञ्चालन गरिएपछि पर्यटक भित्र्याउनका लागि पनि निकै सहज भएको उनको भनाइ थियो।

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेले सुदूरपश्चिम क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा अधिक मात्रामा पर्यटक भित्र्याउनका लागि निजी क्षेत्र तथा सरकारी क्षेत्रसँग सहकार्य गरी हेलिटुरलगायतका कार्य अगाडि बढाइने बताए। रासस


प्रकाशित : बिहीबार , फागुन १९ २०७८०५:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend