काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार साढे दुई घण्टा उडान बन्द हुने भएको छ। क्यालिब्रेसन उडानका लागि भन्दै विमानस्थल कार्यालयले नोटाम जारी गरेको हो।
विमानस्थल कार्यालयका अनुसार ३ बजेदेखि साढे ५ बजेसम्मका लागि उडान बन्द हुने भएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडानका लागि आएको एरोथाईको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पनि क्यालिब्रेसन उडान गर्न लागिएको हो।
जसका कारण उडान साढे दुई घण्टा बन्द हुने विमानस्थल महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिएका छन्।