बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

अधुरा योजनाका लागि समपूरक बजेट

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १९ २०७८
अधुरा योजनाका लागि समपूरक बजेट

काठमाडौं- बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहबाट कार्यान्वयन भइरहेका अधुरा योजनाका लागि समपूरक योजनाअनुरुप  चार करोड ६८ लाख ४५ हजार रुपैयाँ भुक्तानी दिने निर्णय गरेको छ।
 
बुधबार साँझ बसेको बैठकले २५ गाउँपालिकामा कोभिडका कारण प्रभावित भएका योजनाका लागि सो बजेट उपलब्ध गराउन लागेको प्रदेशका प्रवक्ता एवं  आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले जानकारी दिए।
 
साथै बैठकले प्रदेश सरकारको सार्वजनिक खर्चको  मापदण्ड २०७८ पारित गरी कार्यविधिसमेत बनाएको जनाएको छ। सबै मन्त्रालयमा खर्चमा एकरुपता होस् र प्रभावकारी होस् भन्ने उद्देश्यले कार्यविधि निर्माण गरिएको प्रवक्ता खनालले बताए।

त्यसैगरी बैठकले प्रदेश पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत भइरहेको कामलाई अख्तियारी दिने पनि निर्णय गरेको  बताइएको छ।


प्रकाशित : बिहीबार , फागुन १९ २०७८०४:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend