बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

गलत हल्ला चलाएर नेपाल लाइफ इन्स्योरेन्सकाे सेयर सस्तोमा उठाउन ठूला लगानीकर्ताको चलखेल, एक वर्षयताकै न्यून बिन्दुमा

बिहीबार , फागुन १९ २०७८
गलत हल्ला चलाएर नेपाल लाइफ इन्स्योरेन्सकाे सेयर सस्तोमा उठाउन ठूला लगानीकर्ताको चलखेल, एक वर्षयताकै न्यून बिन्दुमा

काठमाडौं- यो साता सेयर कारोबार भएको अन्तिम दिन बुधबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एक वर्षयताकै न्यून बिन्दुमा झरेको छ। कम्पनीको सेयर मूल्य बुधबार ५७.१० रुपैयाँले घटेको हो।

ठूला लगानीकर्ताहरूले बीमा समितिले लाभांश खारेज गरेको तथा वित्तीय अवस्था बिग्रिएको हल्ला चलाएका छन्। जसका कारण आत्तिएका लगानीकर्ताले धमाधम सेयर बिक्री गर्न थालेपछि हरेक दिन सेयर मूल्य घटेको छ।

कम्पनीको सेयर मूल्य गत वर्षको फागुन १९ मा प्रतिकित्ता २ हजार १८ रहेकोमा यस वर्षको फागुन १८ गते अर्थात् प्रतिकित्ता १ हजार १८४.९० मा झरेको हो।

कम्पनीको आव २०७६/७७ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश दर घटेको छ। सोही कारण हरेक दिन सेयर मूल्य घटिरहेको छ। 

कम्पनीले आव २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो।

जब कि ५२ हप्ताअगाडि कम्पनीको सेयर मूल्य २३ सय ३१ रुपैयाँमा कारोबार भएको थियो। गत वर्ष माघमा सेयर मूल्य ३ हजार रुपैयाँ पुगेको थियो। त्यसयता घटेको सेयर मूल्य १२ सय ६७ रुपैयाँ रहेको छ। यस हिसाबले हेर्दा कम्पनीका एक वर्षअगाडि लगानी गर्ने लगानीकर्ताले ५० प्रतिशत गुमाइसकेका छन्। 

कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँ रहेको छ। बजार पुँजीकरण खर्बभन्दा माथि रहेकोमा अहिले घटेर ८५ अर्ब ३१ करोड रुपैयाँमा आइपुगेको छ।


प्रकाशित : बिहीबार , फागुन १९ २०७८०९:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend