काठमाडौं- ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिइ 'ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड' कायम भएको छ।
नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको निर्णयानुसार इजाजतपत्रप्राप्त संस्थाहरू ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिइ साविकका संस्थाहरूको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सरेको छ।
दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत रूपमा २०८२ कात्तिक २ गते आइतबारका दिनदेखि 'ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड' को नामबाट सञ्चालन हुने भएकोले 'बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन, २०७९)' को विनियम ११ को उप-विनियम (७) बमोजिम राष्ट्र बैंकले सूचना जारी गरेको छ।