आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

सेयर धितो कर्जा सस्तो हुँदै, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा सस्तो, अन्य बैंकको ब्याजदर कति?

सोमबार, असोज २७ २०८२
सेयर धितो कर्जा सस्तो हुँदै, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा सस्तो, अन्य बैंकको ब्याजदर कति?

काठमाडौं- बैंकहरूको आधारदर घट्दा सेयर धितो कर्जासमेत सस्तो भएको छ। हाल नेपालका अधिकांश वाणिज्य बैंकमा सेयर धितो कर्जा ६/९ प्रतिशतको दायरामा उपलब्ध छ।

यता नेपाल राष्ट्र बैंकले लगाउँदै आएको सेयर धितो कर्जाको २५ करोडको सीमासमेत हटाइसकेको छ। यसले अझै सेयर कर्जाको माग बढ्ने देखिन्छ।

एभरेष्ट बैंक सबैभन्दा कम ब्याजदरमा कर्जा दिने बैंकका रूपमा देखापरेको छ। यस बैंकबाट न्यूनतम ५.५५ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा लिन सकिन्छ।

दोस्रो सस्तो विकल्पको रूपमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ। यहाँबाट न्यूनतम ६.२२ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा प्राप्त गर्न सकिन्छ।

त्यस्तै केही बैंकमा भने ब्याजदर केही उच्च रहेको छ। प्रभु बैंक, कुमारी बैंक र प्राइम कमर्सियल बैंकमा सेयर धितो कर्जा १०/११ प्रतिशतसम्म पुग्न सक्छ।

बैंकहरूले आधारदर घटेसँगै आफ्नो प्रतिस्पर्धात्मक प्रिमियम निर्धारण गरेर ग्राहक आकर्षित गर्ने रणनीति अपनाएका छन्। यसको असर  बजारमा सेयर धितो कर्जा लिन लगानीकर्तालाई अझै सस्तो र सरल बनेको छ।

आधारदर अझै घट्यो भने आगामी महिनामा सेयर धितो कर्जा ५/६ प्रतिशतभन्दा पनि कम ब्याजदरमा उपलब्ध हुन सक्छ।

 २० वटा बैंकको आधारदर र सम्भावित सेयर धितो कर्जा ब्याजदर

क्र.सं.

बैंकको नाम

आधारदर (प्रतिशत)

प्रिमियम (प्रतिशत)

ब्याजदर (प्रतिशत)

स्ट्यान्डर्ड चार्टर्ड बैंक

४.६०

१.४०/२.९०

६.०० / ७.५०

राष्ट्रिय वाणिज्य बैंक

४.७२

१.५० / २.००

६.२२ / ६.७२

एभरेष्ट बैंक लिमिटेड

५.०५

०.५० / २.५०

५.५५ / ७.५५

नेपाल बैंक लिमिटेड

५.३९

१.५० / ३.५०

६.८९ / ८.८९

ग्लोबल आइएमई बैंक

५.४९

१.०० / २.७५

६.४९ / ८.२४

कृषि विकास बैंक

५.५५

० / २.५०

५.५५ / ८.०५

नबिल बैंक

५.६७

१.५० / ३.५०

७.१७ / ९.१७

नेपाल इन्भेस्टमेण्ट मेगा बैंक

५.७८

१.०० / ३.००

६.७८ / ८.७८

सानिमा बैंक

५.८६

१.०० / ३.००

६.८६ / ८.८६

१०

माछापुच्छ्रे बैंक

५.९६

०.५० / २.५०

६.४६ / ८.४६

११

एनएमबी बैंक

६.०२

१.०० / ३.००

७.०२ / ९.०२

१२

नेपाल एसबीआई बैंक

६.०६

० / २.००

६.०६ / ८.०६

१३

सिद्धार्थ बैंक

६.०९

० / ३.२५

६.०९ / ९.३४

१४

हिमालयन बैंक

६.१३

०.५० / २.५०

६.६३ / ८.६३

१५

प्रभु बैंक

६.१६

३.०० / ५.००

९.१६ / ११.१६

१६

सिटिजन्स बैंक इन्टरनेशनल

६.१९

० / ३.००

६.१९ / ९.१९

१७

लक्ष्मी सनराइज बैंक

६.२१

०.५० / २.५०

६.७१ / ८.७१

१८

कुमारी बैंक लिमिटेड

६.२२

२.५० / ४.००

८.७२ / १०.२२

१९

प्राइम कमर्सियल बैंक

६.४०

० / ५.००

६.४० / ११.४०

२०

एनआईसी एशिया बैंक

६.९१

१.०० / ३.००

७.९१ / ९.९१

 


प्रकाशित : सोमबार, असोज २७ २०८२१०:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend