शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

राष्ट्र बैंकले घटायो एटीएमको कारोबार सीमा : एकदिनमा ५० हजार, महिनामा ३ लाख रुपैयाँसम्म निकाल्न पाइने

शुक्रबार, असोज २४ २०८२
राष्ट्र बैंकले घटायो एटीएमको कारोबार सीमा : एकदिनमा ५० हजार, महिनामा ३ लाख रुपैयाँसम्म निकाल्न पाइने

काठमाडौं- नेपाल राष्ट्र बैंकले डेबिट कार्ड र क्रेडिट कार्डमार्फत गरिने कारोबार सीमा घटाएको छ।

शुक्रबार राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरूलाई एकीकृत निर्देशन जारी गर्दै प्रिपेड कार्ड, डेबिट कार्ड र क्रेडिट कार्डबाट हुने कारोबारको सीमा घटाएको हो।

राष्ट्र बैंकका अनुसार अब एटीएमबाट पैसा झिक्दा एकदिनमा ५० हजार रुपैयाँमात्रै झिक्न पाइन्छ। प्रतिकारोबार २० हजार कायम गरिएको छ भने प्रतिमहिना ३ लाख रुपैयाँसम्म मात्र निकाल्न मिल्ने व्यवस्था गरिएको छ।

यसअघि एटीएमबाट प्रतिकारोबार २५ हजार, प्रतिदिन १ लाख र प्रतिमहिना ४ लाख रुपैयाँसम्म निकाल्न पाउने व्यवस्था थियो।


प्रकाशित : शुक्रबार, असोज २४ २०८२१७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend