शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

नियामक अर्थ मन्त्रालयमा सुधारकाे छलफल, तर सेयर बजारमा उच्च गिरावट

images
बुधबार, फागुन १८ २०७८
images
नियामक अर्थ मन्त्रालयमा सुधारकाे छलफल, तर सेयर बजारमा उच्च गिरावट
images
images

काठमाडौं- पुँजी बजारका सुधार र सम्भावनाका विषयमा अर्थ मन्त्रालयमा नियामक निकायहरू छलफलमा बसिरहँदा बुधबार सेयर बजारमा भने उच्च अंकको गिरावट आएको छ।

images
images
images

अर्थमन्त्री जनार्दन शर्माले सेयर बजार सुधारका लागि भन्दै नेप्से सीईओ, बाेर्ड अध्यक्षलगायतसँग अर्थ मन्त्रालयमा छलफल गरेका हुन्। कारोबार चलिरहँदा भएको छलफलको प्रभाव बुधबारको सेयर बजारमा भने परेन। मन्त्री शर्माले सेयर बजार सुधारका लागि दर्जनौँ उपाय सुझाइरहँदा अधिकांश कम्पनीकाे सेयर मूल्य घटेर लगानीकर्ताले करोडौँ गुमाए। 

images
images

बुधबार सेयर बजार ६३.९८ अंकले घटेर २५४६.६० बिन्दुमा झरेको छ। बुधबार ३ अर्ब ६२ करोड रूपैयाँको कारोबार भएको छ। जहाँ १ सय ८८ कम्पनीको सेयर मूल्य घट्दा ३ कम्पनीको मूल्यमात्र बढेको छ। बढ्ने कम्पनीहरूमा सिभिल बैंक, रिलायन्स लाइफ इन्स्योरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्था रहेका छन्।  

images
images

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७.७३ अंकले घटेर २६५३.७० बिन्दुमा रोकिएको थियो। सोमबार ४३.१० ले घटेर बजार २६१०.६० बिन्दुमा झरेको थियो। मंगलबार बन्द रहेको बजारमा बुधबार पनि गिरावट देखिएको हो। 

यसअघि बजारमा देखिएको उतारचढावमा राजनीतिक उथलपुथल र नेपाल राष्ट्र बैंकले लिएको नीतिलाई कारण देखाउँदै विश्लेषण भइरहेका थिए। यो साता तीन दिनको कारोबारको अवस्थाले केही ठूला लगानीकर्ताले अझै चलखेल गरिरहेको भन्ने देखिएको विश्लेषकहरू बताउँछन्। 

गएको बुधबार नेपाल राष्ट्र बैंकले सेयर ऋण प्रवाहमा थप कडाइ गरेका कारण पनि त्यसको प्रभाव सेयर बजारमा देखिएको विश्लेषण भइरहेका छन्। गएको बुधबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले सेयर धितो कर्जा र घरजग्गाको कर्जाको जोखिम भार बढाएको थियो। मार्जिन प्रकृतिको सेयर कर्जाको जोखिम भार १५० प्रतिशत कायम गरिएको छ जब कि यसअघि मार्जिन प्रकृतिको सेयर कर्जाको जोखिम भार एक सय प्रतिशत रहेको थियो।

तर नेपाल राष्ट्र बैंकको नीतिलाई देखाउँदै ठूला लगानीकर्ताले आफ्नो चलखेल मात्र बढाएको र उक्त नीतिले बजारमा सिधा प्रभाव नपर्ने केही विश्लेषकहरू बताउँछन्।

सेयर बजारको बिग्रँदो अवस्था सुधारका लागि बुधबार अर्थ मन्त्रालयमा भएको छलफलपछि आउने साता सकारात्मक प्रभाव देखिने लगानीकर्ताहरूले आँकलन गरेका छन्। बुधबारको छलफलमा अर्थमन्त्री शर्माले इनसाइडर ट्रेडिङ गर्ने प्रवृति हटाउने विषय सरकारलाई चुनौती रहेकाे भन्दै लगानीकर्ताको सुरक्षा गर्नु सरकारको दायित्व भएकाे बताएका थिए। 

विदेशमा सेयर बजारको अध्ययन गरिरहेको, साना र स्टार्टअप कम्पनीहरूलाई पुँजी बजारमा भित्र्याउन पहल गर्ने, बजारको क्षमता बढाउनु पर्ने, किनेकै दिन सेयर बिक्री गर्नसक्ने व्यवस्था गर्ने साथै बुक बिल्डिङको विषयलाई पनि व्यवस्थित बनाएर लागू गर्नुपर्ने अर्थमन्त्री शर्माले बताएका थिए। 


प्रकाशित : बुधबार, फागुन १८ २०७८०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend