काठमाडौं- रसियाले युक्रेनमा सैन्य आक्रमण सुरू गरिसकेको छ। पछिल्लो एक महिनादेखि युक्रेनको सीमा सैन्य उपस्थिति बलियो बनाउँदै आएको रसियाले युक्रेनमा आक्रणम गरेको एक साता पुगेको छ।
रसियन हमलाको जवाफमा पश्चिमा देशले रसियामाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन्।
तर रसियाले युक्रेनविरुद्ध छेडेको युद्धको पहिलो प्रभाव संसारभरको अर्थतन्त्रमा देखिन थालेको छ। संसारकै अर्थतन्त्रलाई एकैपटक प्रभावित पार्ने पेट्रोलियमको मूल्य अन्तर्राष्ट्रिय बजारमा उच्च वृद्धि भएको छ।
रसियाले युक्रेनमा आक्रमण गरेदेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्यमा उछाल आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज क्रुड अयलको मूल्य प्रति ब्यारेल ११० डलर पुगेको छ। यो सन् २०१४ पछिकै उच्च हो।