शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

बैंक तथा वित्तीय संस्थाले संगठित संस्थाको सेयर बिक्री गर्ने अवधि एक वर्षबाट घटाएर ६ महिना कायम, हटाइयो २० प्रतिशतको सीमा

बुधबार, असोज २२ २०८२
बैंक तथा वित्तीय संस्थाले संगठित संस्थाको सेयर बिक्री गर्ने अवधि एक वर्षबाट घटाएर ६ महिना कायम, हटाइयो २० प्रतिशतको सीमा

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरुले धितोपत्र विनिमय कारोबारमा सीचीकृत भएका संस्थाहरुको सेयर तथा डिबेन्चरमा लगानी गर्ने पाउने अवधिमा राष्ट्र बैंकल लचक भएको छ।

यसअघिका गभर्नर महाप्रसाद अधिकारी निर्णय संशोधन गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर खरिद बिक्री गर्न पाउने अवधि र सीमा संशोधन गरेको छ।

यसअघि बैंक तथा वित्तीय संस्थाहरुले कुनै पनि कम्पनीको सेयर एकपटक खरिद गरेपछि एक वर्षसम्म बिक्री गर्न पाउँदैन थिए। नयाँ व्यवस्थासँगै बैंक तथा वित्तीय संस्थाहरुले ६ महिनामा सेयर खरिद बिक्री गर्न सक्नेछन्।

सेयर बजार चलायनमा गराउने उद्देश्यसहित राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबारमा केही सहजीकरण गरिदिएको हो। 

राष्ट्र बैंकको सहजीकरणसँगै बैंक तथा वित्तीय संस्थाहरुले सेयर खरिद बिक्री बढाएर आफ्नो वासलात मिलाउने प्रयास गर्ने देखिएको छ। कर्जा प्रवाह गर्न नसकेर दबाबमा रहेका बैंकहरुलाई यस व्यवस्थाले केही राहत दिने छ। 

यस्तै राष्ट्र बैंकले एकपटकमा २० प्रतिशतसम्म मात्रै सेयर खरिद बिक्री गर्ने व्यवस्था पनि हटाएको छ। अब बैंक तथा वित्तीय संस्थाहरुले ६ महिनाभित्र शतप्रतिशत सेयर खरिद बिक्री गर्न सक्नेछन्। 

उक्त व्यवस्थासँगै राष्ट्र बैंकले सेयर कर्जाको सीमा पनि हटाएकाले सेयर बजार बढ्ने अपेक्षा गरिएको छ। २५ करोड रुपैयाँको सीमा हट्नुपर्ने माग लगानीकर्ताहरुले गर्दै आएका थिए।

लगानीकर्ताको मागलाई सम्बोधन गर्दे राष्ट्र बैंकले सेयर कर्जाको सीमा र बैंक तथा वित्तीय संस्थाहरुले सेयर खरिद बिक्री गर्न पाउने अवधि तथा सीमा हटाएको हो।


प्रकाशित : बुधबार, असोज २२ २०८२२२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend