काठमाडौं- आर्थिक स्थायित्व र भुक्तानी सन्तुलनका लागि विदेशी मुद्रा तथा सुनको सञ्चिति आवश्यक पर्छ। यसले विश्व अर्थतन्त्रलाई संकटको समयमा सन्तुलित बनाइराख्नसमेत महत्वपूर्ण भूमिका खेल्छ।
केन्द्रीय बैंकहरुको सञ्चितिलाई देशको वित्तीय कवचका रुपमा लिइने गरेको छ। यस्तो सञ्चितिमा विदेशी मुद्रा, सुन तथा अन्य तरल सम्पत्तिलाई लिइन्छ। यस्तो सञ्चितिले देशको आर्थिक स्थिरता र वित्तीय संकटको समयमा महत्वपूर्ण भूमिका खेल्छ।
विश्वको सबैभन्दा धेरै सञ्चिति चीनको केन्द्रीय बैंकसँग रहेको छ। द इकोनोमिक रिभ्युका अनुसार चीनको सञ्चिति धेरै हुनुमा पछिल्ला केही वर्षयता उसको अन्तर्राष्ट्रिय व्यापार नाफामा हुनु हो। जसका कारण चीनको विदेशी मुद्रा बाहिरिनेभन्दा भित्रिने दर बढी छ।
चीनको केन्द्रीय बैंकसँग सुन तथा विदेशी मुद्रा र अन्य तरल सम्पत्तिमा भएको लगानीसहित ३५ खर्ब अमेरिकी डलर बराबरको सञ्चिति रहेको भिजुअल क्यापिटालिस्टिले उल्लेख गरेको छ। द वर्ल्ड फ्याक्टबुकको तथ्यांकअनुसार सबैभन्दा धेरै सञ्चिति चिनियाँ केन्द्रीय बैंकसँग रहेको छ। यो तथ्यांक २०२४ सम्मको हो।
नेपालको अर्को छिमेकी देश भारतको केन्द्रीय बैंकसँग ६ खर्ब ४३ करोड डलरभन्दा बढी सञ्चिति रहेको छ। यो विश्वको पाँचौँ धेरै सञ्चिति हो। विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाको केन्द्रीय बैंकसँग ९ खर्ब १० अर्ब डलर बराबरको सञ्चिति रहेको छ।
विश्वका १० देशका केन्द्रीय बैंकसँग डलर वा सुनमा रहेको कुल सञ्चिति ९४ खर्ब डलरभन्दा धेरै रहेको छ। यो विश्वकै कुल सञ्चितिको ६० प्रतिशतभन्दा धेरै हो।
यी हुन् धेरै सञ्चिति भएका २० देशका केन्द्रीय बैंकहरु :
१. चीन- ३४ खर्ब ५६ अर्ब डलर
२. जापान- १२ खर्ब ३१ अर्ब डलर
३. अमेरिका- ९ खर्ब १० अर्ब डलर
४. स्वीट्जरल्यान्ड- ९ खर्ब ९ अर्ब डलर
५. भारत- ६ खर्ब ४३ अर्ब डलर
६. रुस- ५ खर्ब ९७ अर्ब डलर
७. साउदी अरब- ४ खर्ब ६३ अर्ब डलर
८. हङकङ- ४ खर्ब २५ अर्ब डलर
९. दक्षिण कोरिया- ४ खर्ब १८ अर्ब डलर र
१०. सिंगापुर- ३ खर्ब ८३ अर्ब डलर
११. जर्मनी- ३ खर्ब ७७ अर्ब डलर
१२. ब्राजिल- ३ खर्ब २९ अर्ब डलर
१३. इटाली- २ खर्ब ९० अर्ब डलर
१४. फ्रान्स- २ खर्ब ८२ अर्ब डलर
१५. यूएई- २ खर्ब ३७ अर्ब डलर
१६. थाइल्यान्ड- २ खर्ब ३६ अर्ब डलर
१७. मेक्सिको- २ खर्ब ३२ अर्ब डलर
१८. पोल्यान्ड- २ खर्ब २३ अर्ब डलर
१९. इजरायल- २ खर्ब १४ अर्ब डलर
२०. बेलायत- १ खर्ब ७४ अर्ब डलर