शनिबार, साउन १२ गते २०८१    
images
images
images

द्रुतमार्गबाट एओसी ब्युँताउने बीबी एयरवेजको प्रक्रियामा ब्रेक

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १९ २०७८
images
images
द्रुतमार्गबाट एओसी ब्युँताउने बीबी एयरवेजको प्रक्रियामा ब्रेक

अन्य सेवा तथा व्यापारबाट हात झिकिरहेका भट्टले एयरलाइन्स सञ्चालन गर्नका लागि भन्दै मन्त्रालयमा आग्रह गरेका थिए। 

images

काठमाडौं- गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्ट निलम्बनमा रहेको बीबी एयरवेजको एओसी (एयर अपरेटर सर्टिफिकेट) द्रुतमार्गबाट ब्युँताउने अभियानमा असफल भएका छन्। 

images
images

स्थापनाको एक दशकसम्म जहाज उडान नसके पनि लाइसेन्स कायमै राख्न सफल भएका भट्ट अहिले फेरि एओसी ब्युँताउन लागिपरेका थिए। भट्टको कम्पनी टीबीआई समूहका प्रतिनिधिहरू संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणमा धाउन थालेका थिए। 

images

समूहका प्रतिनिधिमात्रै होइन स्वयम् भट्ट पनि एओसी ब्युँताउन सक्रिय भएर लागिपरेका  थिए। 

अन्य सेवा तथा व्यापारबाट हात झिकिरहेका भट्टले एयरलाइन्स सञ्चालन गर्नका लागि भन्दै मन्त्रालयमा आग्रह गरेका थिए। 

images

तर उनको अभियान असफल भएको छ। 

बीबी एयरवेजले सबैभन्दा पहिला लाइसेन्समा फ्लिट (जहाज) को प्रकार परिवर्तन गर्न खोजेको थियो। पहिले बोइङ ल्याएर अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भनिएको थियो। अब यसलाई एयरबसका जहाज ल्याएर उडान गर्ने भनेर संसोधन गर्न खोजिएको छ। 

लाइसेन्समा संसोधन मात्र होइन जहाज खरिदका फ्लिट अनुमति, एओसी लगायतका अनुमतिका लागि भट्टले पहल गरेका थिए। भट्टको सक्रियतापछि  बीबीको फ्लिट परिवर्तन तथा अनुमतिका लागि मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणको राय माग गरेको थियो। 

प्राधिकरणले भट्टको चाहना विपरीतको राय दिएको छ। एओसीका नवीकरणका लागि अब नयाँ प्रक्रियाबाट आउनुपर्ने भन्दै प्राधिकरणले राय दिएको छ। एयरलाइन्सको सेफ्टी अडिट लगायतका अरू सबै प्रक्रिया पूरा गरेपछि मात्र एओसीको काम अघि बढ्ने प्राधिकरणले राय दिएको छ। 
 
२०६८ सालमा स्थापना भएको बीबीले त्यसको एक वर्षपछि नै अन्तर्राष्ट्रिय उडान सुरू गरेको थियो। २०६९ भदौ २८ गते काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो। कम्बोडियाको टोन्ले साप एयरलाइन्ससँग एकथान 'बोइङ ७५७-२००' सिरिजको जहाज भाडामा लिएर उडान गरेपनि कात्तिकमै उडान बन्द गरेको थियो। तीन महिना पनि उडानमा टिक्न नसकेको बीबी एयरवेजको एओसी निलम्बनमा परेको थियो। 

एओसी निलम्बनमा परे पनि लाइसेन्स भने नवीकरण हुँदै आएको छ। लाइसेन्स पर्यटन मन्त्रालयले वितरण गर्छ। अहिले पनि बीबीको लाइसेन्स भ्यालिड रहेको मन्त्रालयले जानकारी दिएको छ।

बीबी एयरवेजले दुई वर्ष पहिले पनि उडान गर्ने र फ्लिट परिवर्तन गर्ने भन्दै मन्त्रालयमा आवेदन दिएको थियो। लाइसेन्स नवीकरण भएपछि बीबीले उडानका लागि व्यावसायिक योजना मन्त्रालयमा प्रस्तुत गर्दै आएको छ। २०७४ सालमा नेपाल एयरलाइन्सको पूरानो बोइङ जहाज किनेको बीबीले उडान गर्ने योजना बुझाएको थियो। तर त्यो जहाजबाट पनि बीबीले उडान गर्न सकेन।  

यो पटक पनि चारवटा एयरबसका न्यारोबडी जहाज ल्याएर अन्तर्राष्ट्रिय उडान गर्ने व्यावसायिक योजना बुझाएको छ। भारत लगायतका देशमा उडान सुरू गर्ने एयरलाइन्सको योजना रहेको छ। अन्तर्राष्ट्रिय साझेदारी तथा विदेशी लगानी पनि ल्याउने बीबीका तर्फबाट प्रतिबद्धता जाहेर भएको छ। 

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने दुईवटा घरेलु एयरलाइन्स छन्। चारवटा एयरलाइन्सले अनुमति लिएका छन्। यसमा बुद्ध एयरले सीमित गन्तव्यमा मात्र उडान गरिरहेको छ। श्री एयरलाइन्सले चार्टर्ड उडानको अनुमति मात्र पाएको छ। नेपाल एयरलाइन्स र हिमालयले उडान गरिरहेका छन्। 

अन्तर्राष्ट्रिय उडानको लाइसेन्स भएको बीबीले भने उडान अझैसम्म उडान गरेको छैन।  


प्रकाशित : बिहीबार , फागुन १९ २०७८०४:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend