आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

राजनीतिक अस्थिरता देखिँदा विश्वस्त छैनन् लगानीकर्ता, सेयर बजार ओरालोतिर

बुधबार, असोज २२ २०८२
राजनीतिक अस्थिरता देखिँदा विश्वस्त छैनन् लगानीकर्ता, सेयर बजार ओरालोतिर

काठमाडौं- दसैँ बिदापछि सेयर बजार ओरालोतिर लागेको छ। दसैँ बिदाअघिको अन्तिम कारोबारमा गएको १२ गते आइतबार ११.५१ अंकले बढेर २६६३.५१ बिन्दुमा उक्लिएको बजार अहिले लगातार घटेको हो।

दसैँ बिदापछिको पहिलो कारोबारमा यो साता मंगलबार ५८.५५ अंकले घटेको बजार आज बुधबार ४५.३६ अंकले घटेर २५५९.५९ बिन्दुमा झरेको छ। बुधबार १८ कम्पनीको मात्र सेयर मूल्य बढ्दा ५ अर्ब ७६ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ। २३२ कम्पनीको सेयर मूल्य घटेको छ। 

नयाँ चुनावी सरकार बनेकाले चुनावसम्म बजारले आफ्नो गति समात्ने अनुमान विश्लेषकहरूले गरिरहेका छन्। सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहेको भए पनि लगानीकर्ता विश्वस्त देखिन सकेका छैनन्। राजनीतिक अस्थिरता देखिँदा बजारले लय समात्न मुस्किल भइरहेको छ। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।

पर्ख र हेरको सोचमा देखिएका लगानीकर्तामा बजारप्रतिको विश्वास फर्कँदै जाने विश्लेषकहरूले बताइरहेका छन्।


प्रकाशित : बुधबार, असोज २२ २०८२१५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend