काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले यस वर्ष कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
असोज २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको आधारमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसमेतका लागि ५ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
हाल कम्पनीको चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रूपैयाँ छ। सोही पुँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गर्ने निर्णय कम्पनीले गरेको हो।
गत वर्षको तुलनामा यस वर्ष बैंकको लाभांश बढेको हो। गत वर्ष भने करसमेत ४ प्रतिशत नगद लाभांशमात्र वितरण गरेको थियो।