आइतबार, असोज ६ गते २०८१    
images
images

युक्रेनमा आक्रमणपछि रसियामाथि कडा आर्थिक प्रतिबन्ध

images
बुधबार, फागुन १८ २०७८
images
images
युक्रेनमा आक्रमणपछि रसियामाथि कडा आर्थिक प्रतिबन्ध

रसियाको आर्थिक अवस्था युद्धलाई थेग्न नसक्ने होस भनेर पश्चिमा देशले यस्तो प्रतिबन्धको सीमा बढाउँदै गएका छन्। देश मात्र होइन कम्पनीहरूले पनि रसियामा उपस्थिति घटाउँदै आएका छन्। 

images
images

काठमाडौं- छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण गरेपछि रसियामाथि पश्चिमा देशले कडा आर्थिक प्रतिबन्ध लगाएका छन्। सयुक्त राज्य अमेरिका, बेलायत र युरोपियन युनियनले रसियाले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको भन्दै कडा आर्थिक प्रतिबन्ध लगाएका छन्। 

images
images
images

युक्रेन सैन्य गठबन्धन नेटोको सदस्य राष्ट्र नभएकाले प्रत्यक्ष सैन्य सहायता गर्न नसकिरहेका पश्चिमा मुलुकले अप्रत्यक्ष सैन्य सहायता पनि गरिरहेका छन्। यसका बाबजुद पनि रसियाले युक्रेन माथिको आक्रमण नरोकेपछि पश्चिमा देशले आर्थिक प्रतिबन्ध कडा बनाउँदै गएका छन्। 

रसियाको आर्थिक अवस्था युद्धलाई थेग्न नसक्ने होस भनेर पश्चिमा देशले यस्तो प्रतिबन्धको सीमा बढाउँदै गएका छन्। देश मात्र होइन कम्पनीहरूले पनि रसियामा उपस्थिति घटाउँदै आएका छन्। 

कयौं चर्चित कम्पनीले आफ्नो सेवा तथा कारोबार स्थगित गरेका छन्। एप्पल, बोइङ जस्ता कम्पनीले आफ्नो सेवा तथा बिक्री स्थगन गरेका छन्। त्यस्तै मित्सुबिसी लगायतका अटो कम्पनीले पनि रसियामा आफ्नो बिक्री स्थगन गरेका छन्। 

images

पश्चिमा देशहरूको सहमतिमा बैंकिङ म्यासेजिङ सिस्टम स्वीफ्टसँगको आवद्धता कटौती गरिएको छ। निश्चित रसियन बैंकहरूलाई स्वीफ्टको बौद्धिकताबाट हटाइएको छ। अन्तरदेशीय कारोबारका लागि उपयोग हुने यो प्राणालीबाट प्रमुख रसियन बैंकलाई निकालिएको छ। यो कदमले गर्दा रसियाबाट निर्यात हुने वस्तुको भुक्तानी पाउन कठिन हुने छ। यसले उनीहरूको विश्वव्यापी व्यापार गतिविधि सुस्त हुने विश्वास छ। यद्यपि रसियाले चीनसँगको कारोबार भने गर्नसक्ने छ। 

स्वीफ्ट बाहेक रसियन केन्द्रीय बैंकको डलर सञ्चितिलाई लाई फ्रिज गरिदिएका छन्। अमेरिका, ईयू र युके सरकारले रसियन केन्द्रीय बैंकको ६३९ अर्ब डलर सम्पत्ति फ्रिज गरिदिएका छन्। यो कदमसँगै युरोप अमेरिकाका ठूला व्यापारीहरूले पनि रसियन केन्द्रीय बैंकसँग कारोबार गर्न पाउने छैनन्। 

अन्य वित्तीय प्रतिबन्धमा रसियन कम्पनीहरूलाई युरोपियन बजारबाट पुँजी निर्माण गर्ने अवसरबाट बञ्चित गरिएको छ। युरोपियन बजारमा गएर पुँजी संकलन गरिरहेका रसियन कम्पनीलाई लिमिट हानिएको छ। 

त्यस्तै रसियामा हुने निर्यातलाई पनि सीमित बनाइएको छ। 

रसियन एयरलाइन्स तथा सिपलाई आफ्नो क्षेत्रबाट आवतजावतमा प्रतिबन्ध लगाइदिएका छन्। यसले गर्दा मुख्य रसियन एयरलाइन्सले युरोपियन बजारमा उडान रोकिएको छ। रसियन एयरलाइन्सका लागि बोइङले दिँदै आएको सेवा पनि स्थगन गरेको छ। यसबाट रसियन उड्डयन सेवा आइसोलेट भएको छ। 

रसियन शक्तिशालीहरु पनि प्रतिबन्धित भएका छन्। रसियाका धनी व्यापारी तथा कुलीनहरुलाई पश्चिमा देशले प्रतिबन्ध लगाएका छन्। रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, विदेशमन्त्री सर्गेई लाभ्रोवको सम्पत्ति फ्रिज गरिएको छ। अमेरिका, युरोप, बेलायत र क्यानडाले उनीहरुलाई यात्रामा पनि प्रतिबन्ध लगाएका छन्। रसियन कम्पनी तथा धनी व्यापरीलाई पनि यी देशले प्रतिबन्ध लगाएका छन्। 


प्रकाशित : बुधबार, फागुन १८ २०७८०७:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend