आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

राष्ट्र बैंकद्वारा ९० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान

मंगलबार, असोज २१ २०८२
राष्ट्र बैंकद्वारा ९० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान

नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले १२ दिनका लागि ९० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरेको छ। बैंकले असोज २१ गते मध्यान्ह ३ बजेसम्म अनलाइन प्रणालीमार्फत मात्र बोलकबोल गर्न सकिने जनाएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले १२ दिनका लागि ९० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरेको छ। बैंकले असोज २१ गते मध्यान्ह ३ बजेसम्म अनलाइन प्रणालीमार्फत मात्र बोलकबोल गर्न सकिने जनाएको छ।

यसअन्तर्गत निक्षेप उपकरणको निष्कासन मिति असोज २१ गते र साँवा तथा व्याज भुक्तानी मिति कात्तिक २ गते तोकिएको छ। निक्षेपमा ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ। सहभागी बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोडदेखि ५ करोडका गुणकमा रकम प्रस्ताव गर्न सक्ने व्यवस्था गरिएको छ।

निक्षेप संकलन बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्।

बोलकबोल ब्याजदरका आधारमा गरिने र सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी आह्वान गरिएको रकमसम्म बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।

समान ब्याजदरमा आएको प्रस्तावका कारण कुल निष्कासन रकमभन्दा बढी भएमा प्रोराटा आधारमा बाँडफाँट गरिनेछ। 


प्रकाशित : मंगलबार, असोज २१ २०८२१०:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend