आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

बिटक्वाइनको मूल्यमा रेकर्ड, १ लाख २५ हजार डलरमाथि पुग्यो मूल्य

मंगलबार, असोज २१ २०८२
बिटक्वाइनको मूल्यमा रेकर्ड, १ लाख २५ हजार डलरमाथि पुग्यो मूल्य

सो मूल्यअनुसार मंगलबारको विनिमयदरका आधारमा एउटै बिटक्वाइनको नेपाली मूल्य करिब १ करोड ७८ लाख रुपैयाँभन्दा बढी पर्न आउँछ।

काठमाडौं- विश्वकै सबैभन्दा महँगो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य निरन्तर उकालो लाग्दै नयाँ रेकर्ड कायम गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सोमबार एक बिटक्वाइनको मूल्य १ लाख २५ हजार ८३५ अमेरिकी डलरसम्म पुगेको हो।

आइतबार पहिलो पटक १ लाख २५ हजार डलर पार गरेको बिटक्वाइन सोमबारको प्रारम्भिक कारोबारमा करिब २ प्रतिशतले बढ्दै १ लाख २५ हजार २५३ डलरमा पुगेको थियो। त्यसपछिको कारोबारमा यसको मूल्य थप वृद्धि भई साँझसम्म १ लाख २५ हजार ८३५ डलरमा पुगेको रोयटर्सले जनाएको छ।

सो मूल्यअनुसार मंगलबारको विनिमयदरका आधारमा एउटै बिटक्वाइनको नेपाली मूल्य करिब १ करोड ७८ लाख रुपैयाँभन्दा बढी पर्न आउँछ।

सन् २००९ मा बिटक्वाइनको कारोबार सुरु भएको थियो। १६ वर्षको अवधिमा यो पहिलो पटक गत मंसिरमा ६ अंकको मूल्य पार गर्दै ऐतिहासिक उचाइमा पुगेको थियो।

बजार विश्लेषकहरूका अनुसार यस वर्ष मात्र बिटक्वाइनको मूल्य ३३ प्रतिशतभन्दा बढी वृद्धि भएको छ। यसको माग संस्थागत लगानीकर्ताबाट तीव्र रूपमा बढ्दै गएको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्रिप्टोमैत्री नीतिले यसमा थप बल दिएको रोयटर्सले उल्लेख गरेको छ।

ट्रम्पले पुनः राष्ट्रपतिको चुनावी अभियानका क्रममा आफू बिटक्वाइनप्रति रुचि राख्ने व्यक्ति भएको बताउँदै यसको मूल्य अझै बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

नेपालमा भने क्रिप्टोकरेन्सी कारोबारमा कानुनी रूपमा पूर्ण प्रतिबन्ध छ। 


प्रकाशित : मंगलबार, असोज २१ २०८२०९:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend