आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

हालसम्म १८ कम्पनीको लाभांश घोषणा : सबैभन्दा धेरै दिनेमा युनिलिभर, अन्य कुनको कति?

मंगलबार, असोज २१ २०८२
हालसम्म १८ कम्पनीको लाभांश घोषणा : सबैभन्दा धेरै दिनेमा युनिलिभर, अन्य कुनको कति?

असोज ११ गतेसम्मको अवस्थाअनुसार यी कम्पनीहरूले न्यूनतम ६ प्रतिशतदेखि अधिकतम १८४२ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्।

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १८ कम्पनीहरूले  गतआर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताका लागि लाभांश प्रस्ताव गरेका छन्।

असोज ११ गतेसम्मको अवस्थाअनुसार यी कम्पनीहरूले न्यूनतम ६ प्रतिशतदेखि अधिकतम १८४२ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्।

भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का कारण करिब एक सातासम्म पुँजी बजारका कार्यहरू ढिलाइ भएका थिए।

त्यसका कारण कतिपय कम्पनीहरूले साधारण सभा र लाभांश वितरण मिति दशैंपछिसम्म सार्न बाध्य भएका छन्। यसवर्ष धेरै कम्पनीहरूले बोनस सेयरमा जोड दिएका छन् भने केही कम्पनीहरूले मात्र नगद लाभांश प्रस्ताव गरेका छन्।

घोषणा भएका कम्पनीहरू वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, हाइड्रोपावर, लगानी कम्पनी, उत्पादनमूलक कम्पनी र लघुवित्त गरी सात समूहमा पर्दछन्।

गत वर्षको मुनाफाबाट हालसम्म प्रस्ताव भएको लाभांशको सूची 

क्र.सं.

कम्पनीको नाम

 

बोनस सेयर (प्रतिशत)

नगद लाभांश (प्रतिशत)

जम्मा (प्रतिशत)

 

1

एभरेस्ट बैंक लिमिटेड

 

६.००

१४.००

२०.००

 

2

माछापुच्छ्रे बैंक लिमिटेड

 

४.००

४.००

८.००

 

3

सानिमा बैंक लिमिटेड

 

०.००

७.३७

७.३७

 

4

सिटिजन्स बैंक इन्टरनेशनल

 

५.००

०.२६

५.२६

 

5

मुक्तिनाथ विकास बैंक लिमिटेड

 

१३.५३

४.६७

१८.२०

 

6

कामना सेवा विकास बैंक

 

१०.००

५.७९

१५.७९

 

7

मञ्जुश्री फाइनान्स

 

१७.००

०.००

१७.००

 

8

सिक्लेस हाइड्रोपावर

 

१५.००

०.७९

१५.७९

 

9

मिड सोलु हाइड्रोपावर

 

१५.००

०.७९

१५.७९

 

10

युनिभर्सल पावर कम्पनी

 

९.००

०.४७

९.४७

 

11

अरुण भ्याली हाइड्रोपावर कम्पनी

 

८.००

०.४२

८.४२

 

12

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी

 

१४.००

६.००

२०.००

 

13

हैथवे इन्भेष्टमेन्ट नेपाल

 

१२.००

०.६३

१३.६३

 

14

नेपाल इन्फ्रास्ट्रक्चर बैंक

 

६.००

०.३२

६.३२

 

15

युनिलिभर नेपाल लिमिटेड

 

००.००

१८४२.००

१८४२.००

 

16

नेपाल ल्यूब अइल लिमिटेड

 

२०.००

१.०५

२१.०५

 

17

गुराँस लघुवित्त

 

१४.२५

०.७५

१५.००

 

18

आरएसडीसी लघुवित्त

 

८.००

०.००

८.००

 

 


प्रकाशित : मंगलबार, असोज २१ २०८२०७:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend