बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

आईएमई जनरल इन्सुरेन्सको ४० प्रतिशत हकप्रद खुल्दै

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १८ २०७८
आईएमई जनरल इन्सुरेन्सको ४० प्रतिशत हकप्रद खुल्दै

काठमाडौं-आइएमई जनरल इन्सुरेन्सले फागुन २२ गतेदेखि ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले १०ः४ अनुपातमा ४५ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो।

आइएमई जनरलले हाल कायम चुक्ता पुँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँको ४०५ हकप्रद बिक्री गर्न लागेको हो। यो हकप्रद बिक्रीपछि पुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । उक्त हकप्रद सेयरका लागि यसले फागुन १ गते बुक क्लोज गरिसकेको छ।
 
हकप्रद सेयरमा लगानीकर्ताले चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन्। बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । 
 


प्रकाशित : बुधबार, फागुन १८ २०७८०४:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend