आइतबार, जेठ ६ गते २०८१    
images
images

टेस्लालाई टक्कर दिने लुसिड ग्रुपले साउदी अरबमा विद्युतीय कार उत्पादन गर्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १९ २०७८
images
images
टेस्लालाई टक्कर दिने लुसिड ग्रुपले साउदी अरबमा विद्युतीय कार उत्पादन गर्ने

साउदी अरेबियामा बन्ने प्लान्टमा लुसिड ग्रुपले १ अर्ब अमेरिकी डलरभन्दा बढी रकम खर्च गर्ने छ।

images
images

काठमाडौं- अमेरिकी विद्युतीय कार स्टार्टअप कम्पनी लुसिडले साउदी अरेबियामा कार उत्पादन गर्ने भएको छ। कम्पनीले साउदीमा एसेम्बल प्लान्ट स्थापना गर्ने भएको हो। अमेरिकापछि लुसिडले अन्य देशमा स्थापना गर्न लागेको पहिलो र कम्पनीको दोस्रो कार उत्पादन प्लान्ट हुनेछ। 

images
images
images

साउदी अरेबियामा बन्ने प्लान्टमा लुसिड ग्रुपले १ अर्ब अमेरिकी डलरभन्दा बढी रकम खर्च गर्ने छ। साउदीको पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ)सँग समन्वय गरिरहेको लुसिड ग्रुपले साउदीलाई आधारित बनाएर उच्च प्रविधियुक्त सवारीसाधन उत्पादन गर्ने छ। विश्वव्यापी रुपमा हुने विद्युतीय कारको मागलाई सम्बोधन गर्ने गरि लुसिडले काम गर्ने सहमती भएको छ। 

images

विद्युतीय कार उत्पादक लुसिड ग्रुपले साउदी अरबमा कार उतपादन गर्न त्यहाँको लगानी मन्त्रालय, साउदी औद्योगिक विकास फन्ड र  किङ अब्दुल्लाह इकोनोमिक सिटीसँग सम्झौता गर्ने जनाएको छ। किङ अब्दुल्लाह इकोनोमिक सिटीमा साउदी बाहेकको पहिलो उत्पादन प्लान्ट स्थापना गर्ने कम्पनी लुसिड ग्रप हुनेछ। 

images
images

लुसिडले साउदी अरेबियामा बन्ने प्लान्टबाट वार्षिक १ लाख ५० हजार कार उत्पादन गर्ने छ। लुसिडको अमेरिकाको एरिजोनामा रहेको प्लान्टबाट वार्षिक ३४ हजार कार उत्पादन हुने क्षमता छ। लुसिडले उक्त प्लान्टको फेज-२ अन्तर्गत हुने विस्तारबाट वार्षिक कार उत्पादन क्षमता ९० हजार वटाले बढाउने छ। 

images
images

एरिजोनामै लुसिडले वार्षिक रुपमा ३ लाख ६५ हजार कार उत्पादन क्षमता हुने गरि विस्तार गर्ने योजना समेत बननाएको इनसाइडइभीज्ले लेखेको छ। लुसिडले बनाएको योजनाअनुसार काम भए कम्पनीले विश्वभर स्थापना गर्ने सबै प्लान्टबाट वार्षिक ५ लाख कार उत्पादन हुने छन्। 

साउदीमा बन्ने प्लान्टबाट सुरुमा स्थानीय बजारलाई लक्षित गरि कार उत्पादन गर्ने लुसिडले जनाएको छ। योसँगै लुसिडले साउदी प्लान्टलाई पूर्णरुपमा सञ्चालन गरेर एसिया क्षेत्रमा निर्यात गर्नेछ।

lucid saudi plant.PNG

साउदीमा स्थापना हुने उत्पादन प्लान्टले यहाँ हजारौं दक्ष जनशक्ति समेत तयार हुने लुसिडको भनाइ छ। यसले यो क्षेत्रमा हुने अटोमोबाइल उद्योगमा समेत योगदान पुग्ने विश्वास कम्पनीको छ। 

लुसिडले साउदी अरेबियामा बन्ने प्लान्टको निर्माण यही वर्षको दोस्रो हाफबाट हुने छ। २०२५ भित्र प्लान्ट बनेर कार उत्पादन सुरु गर्ने लक्ष्य कम्पनीले लिएको छ। 

लुसिड ग्रुप इंक २००७ मा स्थापना भएको हो। टेस्लामा रहेका इन्जिनियरहरु त्यहाँबाट अलग्गिएर लुसिड मोटर स्थापना गरेका हुन्। लुसिड मोटर्सले २०१६ मा आफूलाई रिब्रान्ड गर्दै पूर्ण विद्युतीय कार त्यसमा पनि उच्च क्षमताको विलासी कार बनाउने बताएको थियो। त्यही अनुसार उच्च रेन्ज दिने विलासी कार उत्पादन गर्दै आएको छ। 


प्रकाशित : बिहीबार , फागुन १९ २०७८०१:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend