आइतबार, असोज ६ गते २०८१    
images
images

अनुशासनहीन भक्तजन : फलामे बार नाघेर पशुपति दर्शन!

images
मंगलबार, फागुन १७ २०७८
images
images
अनुशासनहीन भक्तजन : फलामे बार नाघेर पशुपति दर्शन!

धार्मिक क्षेत्रमा केही व्यक्तिहरूले देखाएको असभ्य व्यवहारले प्रहरी र स्वयमसेवकलाई पनि व्यवस्थापनमा हम्मेहम्मे परेको थियो। 

images
images

काठमाडौं- महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर प्रवेशमा लाइन बसेर आलोपालोको झन्झटले तिलगंगा क्षेत्रको फलामे बार नाघेरसमेत धकेलाधकेल गर्दै भक्तजनहरू पशुपति दर्शनका लागि मन्दिर प्रवेश गरेका छन्। 

images
images
images

तिलगंगा क्षेत्रमा सुरक्षाकर्मी र स्वयंसेवक पनि कम राखिएकाले धेरै भक्तजन फलामे बार नाघेर प्रवेश गरेका हुन्। धार्मिक क्षेत्रमा केही व्यक्तिहरूले देखाएको असभ्य व्यवहारले प्रहरी र स्वयमसेवकलाई पनि व्यवस्थापनमा हम्मेहम्मे परेको थियो। 

महाशिवरात्रिका अवसरमा मंगलबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ। आज राति भक्तजन आएसम्म दर्शन गर्न दिइने कोषका सदस्य सचिव मिलनकुमार थापाले जानकारी दिएका छन्। तर धेरै भक्तजन हतार गर्दै लाइनको मेसोभन्दा बाहिरबाट समेत प्रवेश गरिरहेका छन्। 

महाशिवरात्रिका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ। यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको बताइए पनि व्यवस्थापन सहज बनाउन मुस्किल परेको देखिन्छ।

images
bar nagera pasupati (1).jpg
bar nagera pasupati (2).jpg
bar nagera pasupati (4).jpg

तस्बिरहरू : पूर्णप्रसाद मिश्र/रासस


प्रकाशित : मंगलबार, फागुन १७ २०७८१३:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend