बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

थापाथलीमा अन्तर्राष्ट्रिय स्तरको बहुतले कार सोरुम बनाउँदै राजीवबिक्रम शाह

images
शुक्रबार, फागुन २० २०७८
images
images
थापाथलीमा अन्तर्राष्ट्रिय स्तरको बहुतले कार सोरुम बनाउँदै राजीवबिक्रम शाह

शाहले बहुतले मल्टिब्रान्ड अटोमोबाइल सोरुम आफैले निर्माण गरेर भाडामा लगाउने हेतुले काम थालेका हुन्। 

images
images

काठमाडौं- नेपाली बजारमा कार सौखिनहरूको संख्या बढ्दै गइरहेको छ। त्यसको प्रमाणका रुपमा भारतीयदेखि जापानी, अमेरिकी तथा युरोपेली र चिनियाँ ब्रान्डसम्मका कार भित्रिइरहेका छन्। जुन बिक्रीसमेत भइरहेका छन्। 

images
images

विश्वका प्रिमियम मानिएका बीएमडब्लू, अउडी, ज्यागुअर, ल्यान्ड रोभर, मर्सिडिज, लेक्सस, ह्यामरलगायतका परम्परागत आइसीई इन्जिनयुक्त सवारीका साथै विश्व चर्चित विद्युतीय कार ब्रान्ड टेस्लासम्म नेपाली बजारमा बिक्री भइरहेका छन्। महँगा र प्रिमियम ब्रान्डका सवारी बिक्री गर्ने सोरुम पनि उत्कृष्ट हुने गरेका छन्। 

images
images

प्रिमियम कार उत्पादकहरूले आफ्नो ब्रान्डको ‘इमेज’ नबिसग्रयोस भन्नका लागि पनि सोरुमको गुणस्तरको बेन्चमार्क बनाउने गरेका छन्। कम्पनीहरूले त्यहीअनुसारको स्तरीय सोरुम बनाउन आधिकारिक बिक्रेताहरूलाई भन्ने गरेका छन्। 

images
images

नेपाली बजारमा टाटा मोर्टसको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले थापाथलीमा प्यासेन्जर कारका लागि बनाएको सोरुमले नेपाली अटो बजारमा एउटा नयाँ आयाम थपेको थियो। त्यसपछि बीएमडब्लूले नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी प्रिमियमले तीनकुनेमा विश्वस्तरीय सोरुम सञ्चालन गरिरहेको छ। 

अन्य ब्रान्डका सवारी बिक्रेताहरूले पनि आफ्नै लगानीमा, आफ्ना लागि मात्र सोरुम बनाउँदै आएका छन्। तर स्वतन्त्र रुपमा स्तरीय सोरुम निर्माण गरेर भाडामा लगाउने वा लिजमा दिने प्रचलन बनिरहेको छैन। तर यही कुरालाई चिर्दै राजनीतिज्ञ राजीवबिक्रम शाहले थापाथलीमा अन्तर्राष्ट्रिय स्तरको बहुतले मल्टिब्रान्ड कार सोरुम बनाउने भएका छन्। 

car showroom shah rajeev.jpg

शाह आफै पनि अटोमोबाइलका सौखिन मानिन्छन्। मर्सिडिज बेन्ज कार चढ्दै आएका उनले केही समयअघि अमेरिकी आइकोनिक ब्रान्ड जिपको र्‍याङलर एसयूभी गाडी किनेका थिए।। 

थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कको अगाडि रहेको खाली ठाउँमा मल्टिब्रान्ड सोरुमको निर्माण कार्यसमेत सुरु भइसकेको छ। नेपाली कांग्रेसका नेतासमेत रहेका राजीवबिक्रम शाहको स्वामित्वमा रहेको सो जग्गामा तीन तलाको मल्टिब्रान्ड अटोमोबाइल सोरुमको संरचना बनिरहेको छ। 

थापाथलीलाई अटोमोबाइल सोरुमको हबका रुपमा समेत लिइन्छ। विगतमा त नेपाल भित्रने हरेक जसो ब्रान्डले थापाथलीमा सोरुम राख्ने गरेका थिए। तर अहिले धेरै ब्रान्ड भित्रिएको तर उपलब्ध स्थान सीमित रहेकाले अन्तत्र समेत अटोमोबाइल सोरुम बन्न थालिरहेका छन् र त्यही हबका रुपमा समेत विकसित हुँदैछ। 

यद्यपी थापाथलीले ठाउँ भेटेसम्म अहिले पनि सवारी बिक्रेताको सोरुम राख्ने रोजाइमा यही ठाउँ पर्ने गरेको छ। सोही कुरा बुझेका शाहले बहुतले मल्टिब्रान्ड अटोमोबाइल सोरुम आफैले निर्माण गरेर भाडामा लगाउने हेतुले काम थालेका हुन्। 

अटोमोबाइल हबमा बन्ने यो बहुतले मल्टिब्रान्ड सोरुमको संरचनामा अन्डरग्राउन्डमा पार्किङ हुनेछ भने पहिलो र दोस्रो तल्लामा कार र मोटरसाइकलको सोरुम रहनेछ। शाहले बनाइरहेको सोरुमको डिजाइन अनुसार निक्कै व्यवस्थित मल्टिब्रान्ड सोरुम विश्वस्तरीय हुनेछ। डिजाइनमा बनाइएको थ्रीडी इमेज हेर्दा यो कार सोरुम नेपालकै पहिलो र युरोप र अमेरिकामा हुने कार सोरुम जस्तो देखिएको छ। यो सोरुमको तेस्रो तल्लामा भने ब्याक–अफिस रहने गरि डिजाइन गरिएको छ। 

शाह निकट स्रोतका अनुसार यहाँ सोरुम राख्नका लागि किया, टोयोटालगायत उपलब्ध ब्रान्ड तथा नेपाल आउँदै गरेका ब्रान्डले समेत इच्छा देखाइसकेका छन्। तथापी कुनै ब्रान्डसँग सम्झौता भने भइसकेको छैन।

हाल थापाथालीमा रहेका केही सोरुमहरू राजीवबिक्रम शाहकै जमिनमा छन्। जसमध्ये हाल टाटा, किया, ग्रेटवाल, हुन्डाई रहेको ठाउँ पनि उनकै हो। हाल उनको निवास नयाँ बन्दै गरेको बहुतले मल्टिब्रान्ड सोरुमकै पछाडि रहेको छ।  

थापाथली चोकमा रहेको पहेँलो भवन समेतलाई पुलिङ गरेर बिजनेस पार्क जस्तै ठूलो संरचना बनाउने योजना शाहको छ। यहाँ लबिममल जस्तो मल बनाएर थापाथलीलाई नयाँ स्वरुप दिने लक्ष्य शाहको रहेको स्रोतको भनाइ छ। 


प्रकाशित : शुक्रबार, फागुन २० २०७८०५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend