आइतबार, जेठ ६ गते २०८१    
images
images

पानासोनिकले टेस्लाको '४६८० ब्याट्री सेल' उत्पादन गर्ने, यी हुन् ठूला ब्याट्री उत्पादक

images
बिहीबार , फागुन १९ २०७८
images
images
पानासोनिकले टेस्लाको '४६८० ब्याट्री सेल' उत्पादन गर्ने, यी हुन् ठूला ब्याट्री उत्पादक

पानासोनिक टेस्लाको पुरानो ब्याट्री साझेदार हो। 

images
images

काठमाडौं- अमेरिकी विद्युतीय कार उत्पादक टेस्लाको नयाँ ब्याट्री प्याक पानासोनिकले बनाउने भएको छ। जापानी इलेक्ट्रिोनिक जायन्ट पानासोनिकले टेसलाका लागि ब्याट्री बनाउने घोषणा गरेको छ। 

images
images
images

पानासोनिकले टेस्लाको '४६८० ब्याट्री सेल' २०२४ मार्चदेखि उत्पादन गर्ने बताएको हो। टेस्लाले नयाँ ब्याट्री सेल ४६८० मा आधारित ब्याट्री भएको कार सार्वजनिक गर्ने तयारी गरेको छ। टेस्लाले यो ब्याट्री बारे २०२० मा जानकारी गराएको थियो। 

images

टेस्लाले आफ्नै डिजाइन तथा कन्सेप्टमा तयार पारेको ब्याट्री सेलमा विद्युतीय कार उत्पादनको चाहना राख्दै आएको थियो। जुन अब भने पुराउँदै छ। अमेरिकाको टेक्ससमा रहेको गिगाफ्याक्ट्रीबाट मोडल वाई उत्पादन गर्दै छ। यो कारमा टेस्लाको स्ट्रक्चरल ब्याट्री प्याक आर्किटेक्चर प्रयोग हुनेछ। 

images
images

पानासोनिक टेस्लाको पुरानो ब्याट्री साझेदार हो। 

images
images

विश्वभर विद्युतीय कार उत्पादन बढ्दै गएकाले त्यसमा लाग्ने ब्याट्री उत्पादकहरुको संख्या समेत बढ्दै गएको छ। ब्याट्री उत्पादकहरुबीच समेत प्रतिस्पर्धा हुन थालेको छ। विश्वका १० उत्कृष्ट ब्याट्री निर्माता कम्पनीहरू र तिनको उत्पादन क्षमताः 

Panasonic-Tesla-4680-battery-cells.jpg
सीएटीएल

यो कम्पनीले बनाएको ब्याट्री बीएमडब्लू, डोङफेङ मोटर कर्प, होन्डा, एसएआईसी मोटर कर्प, टेस्ला, फक्सवागन ग्रुप, भोल्भो कार ग्रुपले प्रयोग गर्दै आएका छन्। यो कम्पनीले २०२१ को जनवरीदेखि मेको अवधिमा २१.६ गिगावाट आवर ब्याट्री उत्पादन गरेको थियो। सीएटीएलको ब्याट्रीमा २६ प्रतिशत बजार हिस्सा रहेको छ।

एलजी इनर्जी सोलुसन

जनरल मोटर्स, ग्रुप रेनो,  टेस्ला, भोल्भो र फक्सवागन ग्रुपले यो कम्पनीका ब्याट्री किन्दै आएको र किन्ने बताएका छन्। २०२१ को जनवरीदेखि मेको अवधिमा एलजी इनर्जीले २१.४ गिगावाट आवर ब्याट्री उत्पादन गरेको थियो। ब्याट्री बजारमा एलजीको हिस्सा २६ प्रतिशत नै रहेको छ।

पानासोनिक

जापानी कम्पनी पानासोनिकले बनाएको ब्याट्री टेस्ला र टोयोटाले लिँदै आएको छ। २०२१ को जनवरीदेखि मेको अवधिमा १४.१ गिगावाट आवर ब्याट्री बनाएको पानासोनिकको बजार हिस्सा १७ प्रतिशत रहेको छ।

सामसुङ एसडीआई

सामसुङ एसडीआईले उत्पादन गरेको ब्याट्री बीएमडब्लू, फोर्ड, फक्सवागन ग्रुपलगायतले प्रयोग गर्दै आएका छन्। २०२१ को जनवरीदेखि मेको अवधिमा ५.५ गिगावाट आवर ब्याट्री बनाएको सामसुङ एसडीआईको बजार हिस्सा ७ प्रतिशत रहेको छ।

बीवाईडी 

चिनियाँ विद्युतीय कारको पायोनियर मानिने बीवाईडीले उत्पादन गरेको ब्याट्री बीवाईडी आफैंले र फोर्डले लिँदै आएको छ। बीवाईडीले २०२१ को जनवरीदेखि मेको अवधिमा ५.५ गिगावाट आवर ब्याट्री बनाएको हो। ब्याट्री उत्पादन बजारमा बीवाईडीको बजार हिस्सा ७ प्रतिशत रहेको छ।

एसके इन्नोभेसन

एसके इन्नोभेसनले उत्पादन गरेको ब्याट्री मर्सिडिज उत्पादक कम्पनी डिम्लर,  फोर्ड, हुन्डाई र कियाले उपयोग गर्दै आएका छन्। कम्पनीले २०२१ को जनवरीदेखि मेको अवधिमा ३.४ गिगावाट ब्याट्री बनाएको थियो भने ब्याट्री बजारमा यसको हिस्सा ४ प्रतिशत रहेको छ।

सीएएलबी

यो कम्पनीले उत्पादन गरेको ब्याट्री जीएसी मोटर र झेजिङ जिली होल्डिङ ग्रुपले लिँदै आएको छ। २०२१ को जनवरीदेखि मेको अवधिमा यो कम्पनीले २.७ गिगावाट आवर ब्याट्री बनाएको हो। ब्याट्री उत्पादनका आधारमा यसको ३ प्रतिशत बजार हिस्सा रहेको छ।

गोसन हाइटेक

यो कम्पनीले उत्पादन गरेको ब्याट्री दुई चिनियाँ सवारी उत्पादक कम्पनी चेरी अटोमोबाइल र एसएआईसी तथा जर्मन कम्पनी फक्सवागन ग्रुपले प्रयोग गर्दै आएको छ। २०२१ को जनवरीदेखि मेको अवधिमा १.४ गिगावाट आवर ब्याट्री उत्पादन गरेको यो कम्पनीको बजार हिस्सा २ प्रतिशत रहेको छ।

एईएससी

यो कम्पनीले उत्पादन गरेको ब्याट्री ग्रुप रेनो र निसानले लिँदै आएका छन्। एईएससीले २०२१ को जनवरीदेखि मेसम्मको अवधिमा १.४ गिगावाट आवर ब्याट्री उत्पादन गरेको थियो। ब्याट्री बजारमा यो कम्पनीको हिस्सा २ प्रतिशत रहेको छ।

आईपीटी

यो कम्पनीले उत्पादन गरेको ब्याट्री चिनियाँ कम्पनीहरू डोङफेङ र युदो अटोले प्रयोग गर्दै आएका छन्। यो कम्पनीले २०२१ को जनवरीदेखि मेसम्मको अवधिमा ०.६ गिगावाट आवर ब्याट्री उत्पादन गरेको थियो भने ब्याट्री उत्पादनमा यसको बजार हिस्सा १ प्रतिशत रहेको छ।

छ ठूला ब्याट्री उत्पादक कम्पनीले विद्युतीय सवारीका लागि आवश्यक ब्याट्री बजारमा प्रभुत्व कायम गरेका छन्। यो भित्र पानासोनिक समेत रहेको छ। 


प्रकाशित : बिहीबार , फागुन १९ २०७८०६:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend