आइतबार, असोज ६ गते २०८१    
images
images

बागमती प्रदेशमा भवन संरचनाका लागि हेटौँडामा छानियो १९५ बिघा जमिन

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन १७ २०७८
images
images
बागमती प्रदेशमा भवन संरचनाका लागि हेटौँडामा छानियो १९५ बिघा जमिन

प्रदेश सरकारको कतिपय मन्त्रालय र प्रादेशिक संरचनाहरु हालसम्म पनि हेटौँडामा भाडाको घरमा  सञ्चालनमा रहेका छन् भने कतिपय पुराना सरकारी भवनबाट सञ्चालनमा रहेका छन्।

images
images

काठमाडौं- बागमती प्रदेश सरकारको प्रादेशिक संरचनाका लागि भवन बनाउन गठित प्रशासनिक भवन जग्गा पहिचान समितिले हेटौँडाको विभिन्न स्थानको १९५ .२७ बिघा जमिन छनोट गरेको छ।

images
images
images

समितिले बागमती प्रदेशको राजधानी हेटौँडा-१९ लेवटमा  ८० बिघा, हेटौँडा-१६ मा  ५४ बिघा, हेटौँडा-६ चित्रेपानीमा  २० देखि २५ बिघा, हेटौँडा- ९ लामसुरे हाइटमा १५ बिघा, हेटौँडा-१७  डिपोचौर हटियामा १२ बिघा, हेटौँडा- ९ मा हेटौँडा सिमेन्ट उद्योगको रहेको पाँच बिघा, हेटौँडा  भोर्लेमा रहेको २.१३ बिघा र हेटौँडा-१७  हटियाको पश्चिम  डिपोचौरमा २.१४ बिघा जमिन  छनोट भएको  आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारले गठन गरेको समितिले प्रदेशको राजधानी  हेटौँडाको विभिन्न आठ स्थानलाई प्रादेशिक संरचना  निमार्णका लागि छनोट गरेर सङ्घीय सरकारलाई स्वीकृतिका लागि सिफारिस गरेको बताइएको छ। केही दिनपहिला समितिको सम्पन्न बैठकले  छनोट गरिएका जमिनको स्वीकृतिका लागि सङ्घीय सरकारलाई सिफरिस गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बताए।

प्रदेश सरकारको कतिपय मन्त्रालय र प्रादेशिक संरचनाहरु हालसम्म पनि हेटौँडामा भाडाको घरमा  सञ्चालनमा रहेका छन् भने कतिपय पुराना सरकारी भवनबाट सञ्चालनमा रहेका छन्। त्यसैले प्रदेशका आफ्नो स्थायी भवन संरचना बनाउनका लागि आवश्यक जमिन यकिन गरी सिफारिस गरिएको हो। जमिन छनोट भइसके पनि प्रदेश  मातहतका संरचनाहरु छनोट भएका स्थानहरुमा कहाँ कसरी निर्माण गर्ने  विषयमा निर्णय नभएको बताइएको छ।

images

उनले हाल समितिले  जग्गा छनोट मात्रै गरेको र सङ्घीय सरकारले स्वीकृति  गरेपछि  संरचना  निमार्णका प्रक्रिया अगाडि बढ्ने  जानकारी दिए। सङ्घीय सरकारबाट स्वीकृति पाएपछि भवन निमार्णका लागि  डिपिआर तयार हुने र आउँदो आर्थिक वर्षमा मात्र भवन निर्माण सुरु हुने मन्त्री शर्माको भनाइ छ।

प्रदेश सरकार स्थापनाभएको चार वर्षपछि प्रदेशको भवन संरचनाका लागि जमिन छनोट भएको हो। प्रदेशका सबै संरचना एकै स्थानमा निर्माण गर्न वर्तमान प्रदेश सरकारले विभिन्न आठ स्थानमा जमिन छनोट भएको बताइएको छ। रासस


प्रकाशित : मंगलबार, फागुन १७ २०७८०७:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend