आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

नेपालमा पहिलोपटक स्वयम् घोषणाको आधारमा भन्सार मूल्यांकन प्रणाली लागु, प्रणालीलाई दोष दिएर बेइमानी गर्ने बाटो बन्द

बुधबार, असोज ८ २०८२
नेपालमा पहिलोपटक स्वयम् घोषणाको आधारमा भन्सार मूल्यांकन प्रणाली लागु, प्रणालीलाई दोष दिएर बेइमानी गर्ने बाटो बन्द

काठमाडौं- भन्सारमा स्वयम् घोषणाको आधारमा भन्सार मूल्यांकन र क्लियरेन्स गरिने विद्युतीय प्रणाली नेपालमा पहिलोवटक सुरु भएको छ। विराटनगर भन्सारबाट यो प्रणाली सुरु भएको हो।

अर्थमन्त्री रामेश्वर खनालले यो प्रणालीको सुरुवात गरेका हुन्। आयकरमा स्वघोषणा भए पनि भन्सारमा भने पहिलोपटक भएको हो।

यो प्रणालीले व्यापारको लागत घटाउनेमात्र नभएर व्यापारीलाई इमानदार हुन पनि उत्प्रेरित गर्ने अर्थमन्त्री खनालको भनाइ छ। 

'यो प्रणालीले अवान्च्छित लेनदेन शून्य पार्ने छ, व्यवसायीलाई इमान्दार हुन सहयोग गर्ने छ। विराटनगर नाकामा लागु भएको यो प्रणाली सफल पार्न व्यवसायीको सहयोग भएमा निकट भविष्यमा यो प्रणाली सबै भन्सारमा लागु हुने छ,' खनालले भनेका छन्।

यो प्रणालीमा राजस्व चुहावट जोखिम नियन्त्रण गर्न 'विद्युतीय रिस्क इन्जिन' संचालन हुनेछ र संका लागेका कारोबार व्यवसायीको गन्तव्यमै पुगेर छानबिन हुने यसले राजमार्गमा ट्रक रोकेर दु:ख दिने काम बन्द हुने सरकारको बुझाइ छ।

जेनजी आन्दोलनको सन्देश सरकारमात्र नभएर व्यवसायी पनि इमानदार हुनुपर्ने स्पष्ट भएकाले सबै नियमको दायरामा रहनुपर्ने उनको भनाइ छ।

'नैतिक आचरणको पालना र भ्रष्ट आचरणको अन्त्य गर्ने जेनजीको माग सार्वजनिक निकायका लागि मात्र होइन। निजी, सामुदायिक र सहकारी क्षेत्रको लागि पनि हो,' खनालले भनेका छन्।


प्रकाशित : बुधबार, असोज ८ २०८२२२:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend