बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

सेयर बजारमा आकर्षण बढ्दो; डिम्याट खाता ५० लाख पुग्यो, साउनयता थपिए १३ लाख

मंगलबार, फागुन १७ २०७८
सेयर बजारमा आकर्षण बढ्दो; डिम्याट खाता ५० लाख पुग्यो, साउनयता थपिए १३ लाख

काठमाडौं- हितग्राही खाता (डिम्याट) खोल्नेको संख्या ५० लाख ७ हजार २ सय ४२ पुगेको छ। नयाँ नयाँ कम्पनीको साधारण सेयर आईपीओ आउने क्रम जारी रहेका बेला डिम्याटको खाता खोल्ने बढेका छन्।  

सिडिएस क्लियरिङका अनुसार गत आवको असार मसान्तसम्ममा करिब ३७ लाख डिम्याट खातामा रहेकोमा फागुन १६ गते सम्ममा ५० लाख नाघेको हो। साउनयता मात्रै १३ लाख खाता थपिएको छ।

cdsc.PNG

पछिल्लो केही वर्षयता आईपीओमा आकर्षण बढेसँगै डिम्याटको खाता खोल्ने पनि बढ्दै छन्। नेपालमा जनसंख्या २ करोड ९१ लाख रहेको छ। यस हिसाबले वयस्क नागरिकहरू अधिकांशले डिम्याट खाता खोल्न थालेको देखिन्छ। 

प्राथमिक र दोस्रो बजार पनि पूर्ण रुपमा अनलाइन प्रणालीमा गइसकेकोले पनि आगामी दिनमा अझै डिम्याट खाता बढ्ने देखिन्छ। 

गत साता खुलेको नेष्डो समृद्ध लघुवित्तको आइपीओमा ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको आवेदन परेको थियो। सर्वसाधारणबाट माग गरिएको भन्दा ३८.८७ गुणा बढी आवेदन परेको थियो।  २५ लाख ९९ हजार ५९८ जनाले ३ करोड १ लाख १३ हजार ७०० कित्ताको लागि आवेदन दिएका छन्। 

सिडिएसका अनुसार मेरो सेयरको संख्या ४१ लाख १९ हजार २१ पुगेको छ।  राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आईपीओमा पनि २५ लाख ८५ हजार २६१ आवेदन दिएका थिए।


प्रकाशित : मंगलबार, फागुन १७ २०७८०७:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend