काठमाडौं- सरकारले सरकारी संरचना तथा उपकरणको एकमुस्ट बीमा गर्ने भएको छ। यसअघि सरकारी संरचनाको बीमा नहुँदा जेनजी आन्दोलमा भएको क्षतिको भार सरकारले मात्र बेहोर्नुपर्ने भएको छ।
भदौ २३ र २४ गतेको तोडफोडबाट पाठ सिक्दै सरकारले अबदेखि सरकारी संरचना तथा उपकरणको एकमुस्ट बीमा गर्ने भएको हो। मन्त्रिपरिषद्ले यसका लागि निर्णय गरिसकेको छ।
अब बन्ने नयाँ संरचना तथा खरिद हुने नयाँ उपकरणसँगै मौजुदा संरचना तथा उपकरणको पनि बीमा हुने भएको छ।
अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्न यस्तो छ सरकारको निर्णय