आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

युटिलिटी भुक्तानी गर्दा लाग्दै आएको भ्याट खारेज हुँदै

मंगलबार, असोज ७ २०८२
युटिलिटी भुक्तानी गर्दा लाग्दै आएको भ्याट खारेज हुँदै

अहिले विद्युत, खानेपानी, सरकारी जागिरको फारम भर्दा लाग्ने सेवा शुल्कमा भ्याट लागिरहेको छ। अर्थमन्त्री रामेश्वर खनालले यस्तो भ्याट खारेज गर्ने तयारी गरेका छन्।

काठमाडौं- विद्युतीय माध्यमबाट युटिलिटी भुक्तानी गर्दा लाग्दै आएको भ्याट खारेज गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ।

आम विद्युतीय भुक्तानीमा लाग्ने भ्याट चालु वर्षको आर्थिक ऐनबाट खारेज भएपनि युटिलिटी महसुल भुक्तानीमा भने भ्याट लाग्दै आएको छ। भुक्तानी सेवाप्रदायकहरूले यसरी भुक्तानीमा लिने सेवा शुल्कमा भ्याट कायम थियो।

वर्षमान पुन अर्थमन्त्री रहँदा उनले भुक्तानी शुल्कमा भ्याट लगाएका थिए। त्यसपछि आएका अर्थमन्त्री विष्णु पौडेलले हटाए पनि युटिलिटी भुक्तानी शुल्कमा भने भ्याट कायमै थियो। 

अहिले विद्युत, खानेपानी, सरकारी जागिरको फारम भर्दा लाग्ने सेवा शुल्कमा भ्याट लागिरहेको छ। अर्थमन्त्री रामेश्वर खनालले यस्तो भ्याट खारेज गर्ने तयारी गरेका छन्।

प्रकाशित : मंगलबार, असोज ७ २०८२१६:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend