आइतबार, असोज ६ गते २०८१    
images
images

नीतिगत सहजीकरण गर्ने हो भने सिमेन्टमा जस्तै धेरै वस्तुमा आत्मनिर्भर बन्न सकिन्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १६ २०७८
images
images
नीतिगत सहजीकरण गर्ने हो भने सिमेन्टमा जस्तै धेरै वस्तुमा आत्मनिर्भर बन्न सकिन्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

उनले सिमेन्ट उद्योग जस्तै अन्य व्यवसायलाई पनि सहजीकरण गर्न सरकारी नीति नियमहरू समयानुकूल परिमार्जित गर्न आवश्यक रहेको बताएका छन्।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीतिगत सहजीकरण गर्दा सिमेन्ट उद्योगले छोटो समयमै अतुलनीय प्रगति गर्न सफल भएको बताएका छन्।

images
images
images

नेपाल सिमेन्ट उत्पादक संघद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले २० वर्ष पहिले नेपाल सरकारले सिमेन्ट उद्योगलाई प्रवर्द्धन गर्न बनाएको नीतिनियमले अहिले सिमेन्ट उद्योग आत्मनिर्भर मात्र नभइ निर्यात गर्ने अवस्थामा पुगेको बताए।

उनले सिमेन्ट उद्योग जस्तै अन्य व्यवसायलाई पनि सहजीकरण गर्न सरकारी नीति नियमहरू समयानुकूल परिमार्जित गर्न आवश्यक रहेको बताएका छन्।

'हामीले हाम्रा नीति नियमहरू समयानुकूल परिमार्जन र परिस्कृत गर्न आवश्यक छ। २० वर्ष पहिला नेपाल सरकारले सिमेन्ट व्यवसायीहरूलाई नीतिगतरुपमा गरेको सानो सहयोगले अहिले हाम्रो सिमेन्ट उद्योग आत्मनिर्भर मात्र होइन निर्यात गर्न सक्ने अवस्थामा पुगेका छौँ' उनले भने ।

images

उनले नेपाल सरकारका तर्फबाट सिमेन्ट उद्योगलाई प्रवर्द्धन गर्न नीतिगतरुपमा थप सहजीकरण गर्न सके सिमेन्ट निर्यातको सम्भावना धेरै रहेको समेत बताए।

अहिले आयात प्रतिस्थापन गर्न, व्यालेन्स अफ पेमेन्टलाई व्यालेन्स गर्न पनि तदअनुरुपका नीति नियम जरुरी रहेको उनले बताए।

'हामीले कम लागतमा काम गर्ने प्रचलन छ। यसले गुणस्तरमा कम्प्रमाइज हुने गरेको छ। कामको गुणस्तरमा वृद्धि गर्न यसलाई परिवर्तन गर्न जरुरी छ' उनले भने ।


प्रकाशित : सोमबार, फागुन १६ २०७८१३:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend