बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

अझै भएन काठमाडौंको फोहर व्यवस्थापन

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १६ २०७८
images
images
अझै भएन काठमाडौंको फोहर व्यवस्थापन
images
images

काठमाडौं- पाँच दिनदेखि नियमित रुपमा काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन हुन थाले पनि अझै धेरै स्थानको फोहर उस्तै छ।

images
images
images

१२ दिनसम्म उठ्न नसकेको फोहर यही फागुन १२ गतेदेखि विसर्जन हुन थाले पनि अझै सडक किनारमा थुपारिएको फोहर काठमाडौं महानगरपालिकाले व्यवस्थापन गर्न सकेको छैन। यसको प्रत्यक्ष असर यातायात आवागमनमा र पैदल यात्रीलाई परेको छ।

images
images

अहिलेसम्म कामपाको कालिमाटी, टङ्केश्वर चोक र डल्लु पुलमा थुपारीएको फोहर विसर्जन हुन सकेको छैन। लामो समयसम्म एकै स्थानमा फोहर रहँदा दुर्गन्ध फैलिएर थप समस्या भएको छ।

images
images
images

कामपा वातावरण विभागका प्रमुख सरिता राईले अहिले नियमित रुपमा फोहर व्यवस्थापन भए पनि लामो समयसम्म फोहर थु्रप्रिएकाले समस्या भएको र अबको दुई दिनभित्र सबै स्थानको फोहर व्यवस्थापन गरिने बताए। स्थानीयको अवरोधका कारण यही फागुन १ गतेदेखि काठमाडौंं उपत्यकाको  १८ स्थानीय तहको फोहर व्यवस्थापन हुन सकेको थिएन।

हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम सम्पन्न नगरेको भन्दै पासाङल्यामू राजमार्गका स्थानीयले गरेको अवरोधका कारण फोहर उठ्न नसकेको हो। उपत्यकाको १८ स्थानीय तहको फोहर विसर्जनका लागि दीर्घकालीन योजना नबन्दा पटक पटक समस्या उत्पन्न भएको राईको भनाइ छ।

विसं २०७० देखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटकपटक स्थानीयले आन्दोलन गरी फोहर विसर्जनमा अवरोध पुर्‍याउँदै आएका छन्। 'यो विषयमा सङ्घीय सरकार संवेदनशील हुनुपर्छ' उनले भने, 'समयमै बाटो निर्माण गर्न पहल गरिनुपर्छ।'

हाल बञ्चरेडाँडामा फोहर व्यवस्थापनस्थल निर्माण गरिँदै छ। काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। उक्त स्थान पनि भरिएपछि फोहर व्यवस्थापनमा समस्या भएको हो। उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहर निस्कन्छ। रासस


प्रकाशित : सोमबार, फागुन १६ २०७८१३:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend