आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

सानिमा बैंकको लाभांश घोषणा, कति दिँदैछ?

आइतबार, असोज ५ २०८२
सानिमा बैंकको लाभांश घोषणा, कति दिँदैछ?

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ बैंकको साधारणसभाबाट अनुमोदन भएपश्चात सेयरधनीहरूलाई लाभांश वितरण गरिनेछ।

काठमाडौं- सानिमा बैंकले आव २०८१/८२ को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ। बैंकको असोज ३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ७.३६८५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

बैंकको हालको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रूपैयाँ रहेको छ। कुल ७.३६८५ प्रतिशत नगद (करसहित) लाभांशमा १ अर्ब ७ लाख ५४ हजार रूपैयाँबराबरको वितरण हुने बैंकले जनाएको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ बैंकको साधारणसभाबाट अनुमोदन भएपश्चात सेयरधनीहरूलाई लाभांश वितरण गरिनेछ।


प्रकाशित : आइतबार, असोज ५ २०८२१६:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend