आइतबार, असोज ६ गते २०८१    
images
images

जीटूजीमा मल आपूर्तिका लागि नेपाल र भारतबीच सम्झौता

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १६ २०७८
images
images
जीटूजीमा मल आपूर्तिका लागि नेपाल र भारतबीच सम्झौता

जीटूजी व्यवस्थामार्फत भारतबाट नेपालतर्फ युरिया र डिएपी मलको दिर्घकालीन आपूर्तिका लागि भारत र नेपालबीच आज एक समझदारी पत्रमा हस्ताक्षर भएको हो।

images
images

काठमाडौं- नेपाल र भारत सरकारबीच जीटूजी व्यवस्थामार्फत युरिया र डीएपी मल आपूर्तिका लागि हस्ताक्षर भएको छ। नेपाल र भारत सरकारका सचिवबीच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको हो।

images
images
images

जीटूजी व्यवस्थामार्फत भारतबाट नेपालतर्फ युरिया र डीएपी मलको दीर्घकालीन आपूर्तिका लागि भारत र नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

समझदारी पत्रमा भारत सरकार रसायन एव मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदी र नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितमा हस्ताक्षर भएको हो। 

images

हस्ताक्षर समारोहमा बोल्दैसचिव राजेश कुमार चतुर्वेदीले भारत र नेपालबीचको निकट एवम् बहुपक्षीय सम्बन्धको चचा गरेका थिए। साथै उनले दुई पक्षबीच भएको सम्झौताले नेपालको अर्थतन्त्र तथा खाद्य सुरक्षामा सघाउ पुर्‍याइ कृषिको क्षेत्रमा भएको द्विपक्षीय सहकार्यलाई थप अघि बढाउने अपेक्षा गरेका छन्।

दुई पक्षबीच भएको यो समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई सम्बोधन गर्नुका साथै कृषि उत्पादनमा वृद्धि ल्याई नेपाली किसानलाई लाभ पुग्ने आशा गरिएको छ।


प्रकाशित : सोमबार, फागुन १६ २०७८११:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend