बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

दुई महिनामा वैदेशिक रोजगारीका लागि बाहिरिनेको संख्या १३.९७ प्रतिशतले बढ्यो, भदौमा गए ६७ हजार ९ सय

आइतबार, असोज ५ २०८२
दुई महिनामा वैदेशिक रोजगारीका लागि बाहिरिनेको संख्या १३.९७ प्रतिशतले बढ्यो, भदौमा गए ६७ हजार ९ सय

चालु आवको साउनमा ६८ हजार १ सय १० जना र भदौ महिनामा ६७ हजार ९ सय ७२ जना बाहिरिएका हुन्।

काठमाडौं- देशमै पर्याप्त रोजगारीको अवसर नहुँदा युवाको विदेश पलायन रोकिन सकेको छैन। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को साउन र भदौमा गत आवको सोही अवधिको तुलनामा वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेको छ।

विभागका अनुसार गएको वर्षभन्दा यसवर्ष साउनमा १२.५३ प्रतिशतले बढेको संख्या भदौमा १५.४१ प्रतिशले बढेको हो। विभागका अनुसार २ महिनामा नै वैदेशिक रोजगारीमा जाने युवाको संख्या १३.९७ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको साउन र भदौमा १ लाख ३६ हजार ८२ जना वैदेशिक रोजगारीका लागि बाहिरिएका छन्। चालु आवको साउनमा ६८ हजार १ सय १० जना र भदौ महिनामा ६७ हजार ९ सय ७२ जना बाहिरिएका हुन्। 

गत आर्थिक वर्षको साउनमा ५९ हजार ५ सय ७५ जना र भदौमा ५७ हजार ४ सय ९३ जना युवा रोजगारीका लागि बाहिरिएका थिए। गत आवको साउन र भदौमा कुल  १ लाख १७ हजार ६८ जना युवा रोजगारीका लागि बाहिरिएका थिए।

गत आवको तुलनामा चालु आवको दुई महिनामा बाहिरिने युवाको संख्या १३.९७ प्रतिशतले बढी हो। गत वर्षभन्दा चालु आवमा साउन महिनामा १२.५३ र भदौमा १५.४१ प्रतिशतले वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेको हो।


प्रकाशित : आइतबार, असोज ५ २०८२१०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend