आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

नेप्सेमा १५ मिनेटको अन्तिम मूल्य गणना विधि स्थगन, आइतबारदेखि पुरानै नियम लागु

आइतबार, असोज ५ २०८२
नेप्सेमा १५ मिनेटको अन्तिम मूल्य गणना विधि स्थगन, आइतबारदेखि पुरानै नियम लागु

बोर्डले विनियमावली स्थगित गर्दै आइतबारदेखि अन्तिम कारोबार मूल्यकै आधारमा सूचकांक गणना गर्ने व्यवस्था मिलाएको छ। मिति २०८२ असोज ५ गते प्राविधिक परीक्षण गरी असोज ६ गते सार्वजनिक बिदा परेको हुँदा त्यसपछिको कारोबार दिनदेखि नयाँ व्यवस्था लागु हुने सेबोनले जनाएको छ।

काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेप्से सूचकांकको अन्तिम मूल्य गणनाका लागि लागू गरिएको १५ मिनेटको भारित औसत मूल्य निर्धारण विधिलाई स्थगन गर्ने निर्णय गरेको छ। बोर्डले धितोपत्र सम्बन्धी ऐन २०६३ दफा ८७ को उपदफा (१) बमोजिम २०८२ असोज ४ गते नेप्सेलाई पठाएको पत्रमार्फत यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो।

बोर्डले विनियमावली स्थगित गर्दै आइतबारदेखि अन्तिम कारोबार मूल्यकै आधारमा सूचकांक गणना गर्ने व्यवस्था मिलाएको छ। मिति २०८२ असोज ५ गते प्राविधिक परीक्षण गरी असोज ६ गते सार्वजनिक बिदा परेको हुँदा त्यसपछिको कारोबार दिनदेखि नयाँ व्यवस्था लागु हुने सेबोनले जनाएको छ।

गत चैत ७ गतेदेखि लागू भएको विधिअनुसार २ बजेर ४५ मिनेटदेखि ३ बजेसम्म भएको कारोबारको भारित औसत मूल्यलाई क्लोजिङ प्राइस मानिन्थ्यो। यस अवधिमा कारोबार नभए पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिन्थ्यो। यस प्रणाली खराब वित्तीय अवस्था भएका कम्पनीको मूल्य अन्तिम समयमा कृत्रिम रूपमा बढ्ने प्रवृत्ति नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको थियो।

तर हाल लगानीकर्ताको तीव्र दबाबपछि बोर्डले विधि स्थगन गरेको हो। असोज २ गते बजार खुलेपछि लगातार तीन पटक नकारात्मक सर्किट लागेर बन्द हुँदा लगानीकर्ताले असन्तुष्टि जनाउँदै बिहीवार धितोपत्र बोर्ड परिसरमा धर्ना दिएका थिए।

लगानीकर्ताको माग र बजारमा देखिएको असन्तुलनपछि अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले प्रावधान हटाउने प्रस्ताव सेबोनमा पठाएका थिए। सेबोनले तत्कालीन अवस्थामा उक्त प्रस्तावलाई स्वीकृति प्रदान गर्दै पुरानै नियम अनुसार अन्तिम कारोबार मूल्यलाई नै अन्तिम मूल्य मान्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।

प्रकाशित : आइतबार, असोज ५ २०८२१०:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend