बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

तामाकोशी हाइड्रोपावरको सेयरमूल्य घटेको घट्यै, हकप्रद दिएर चुक्ता पुँजी वृद्धि गर्ने रणनीति

सोमबार, फागुन १६ २०७८
तामाकोशी हाइड्रोपावरको सेयरमूल्य घटेको घट्यै, हकप्रद दिएर चुक्ता पुँजी वृद्धि गर्ने रणनीति

काठमाडौं- माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य लगातार घटिरहेको छ। कम्पनीको सोमबार सेयर मूल्य प्रतिकित्ता १३ रुपैयाँ घटेर ६३५ रुपैयाँ कायम भएको छ। कम्पनीले हकप्रद दिएर चुक्ता पुँजी बढाउने रणनीति लिने भएको छ। कम्पनीको सोमबार २ लाख कित्ता सेयर कारोबार भएको छ। कम्पनीकाे साेमबार १३ कराेड १७ लाख रुपैयाँ बराबरकाे सेयर किनबेच भएको छ। 

कम्पनीको उत्पादित बिजुली गतवर्ष खेर जाँदा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेड ३३ करोड ५ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानी व्यहोरेको छ। कम्पनीले अर्को वर्ष हकप्रद दिएर चुक्ता पुँजी बढाउने रणनीति लिन लागेको छ। कम्पनीले हकप्रद दिएर चुक्तापुँजी २० अर्ब हाराहारी पुर्‍याउनेगरी व्यवस्पनमा छलफल सुरु गरेको छ। 

upper.PNG

कम्पनीको दोस्रो बजारमा पनि सेयर मूल्य घटिरहेको छ। कम्पनीको पछिल्लो ५२ हप्तामा अधिकतम ९६२ रुपैयाँमा कारोबार हुदाँ न्यूनतम ५११ रुपैयाँमा कारोबार भएको थियो। कम्पनीले भारतमा विद्युत पठाउने प्रक्रिया अगाडि बढाएकोले आगामी वर्षदेखि नाफा बढाउने अनुमान गरिएको छ। 

गत अर्थिक वर्षको ६ महिनामा कम्पनीले ३ करोड १५ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो। ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट गत भदौ ४ गतेदेखि ४ युनिटबाट विद्युतको व्यापारिक उत्पादन सुरु भइ भदौ २५ गतेदेखि आयोजनामा जडित ६ वटै युनिटबाट विद्युत उत्पादन भइरहेको छ ।

दोस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ६४ करोड ६५ लाखभन्दा बढी विद्युत बिक्रीबाट आम्दानी गरेको छ। गत वर्ष १ करोड १२ लाखभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष २ अर्ब २० करोड ३ लाखभन्दा बढी यो खर्च गरेको छ। जसले गर्दा कम्पनीको खुद नोक्सानी ९४६.९० प्रतिशतले बढेको छ।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रूपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ८६.८६ रूपैयाँ रहेको छ। कम्पनीको बजार पुँजीकरण ६७ अर्ब २४ करोड रुपैयाँ रहेको छ। 


प्रकाशित : सोमबार, फागुन १६ २०७८१२:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend