आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

पुँजी बजारको मनोबल कसरी बढाउने भन्ने सुझाव दिन कार्यदल गठन

शुक्रबार, असोज ३ २०८२
पुँजी बजारको मनोबल कसरी बढाउने भन्ने सुझाव दिन कार्यदल गठन

कार्यदलले दिएको सुझावका आधारमा सरकारले पुँजी बजारसँग सम्बन्धिति निर्णय गर्नेछ।

काठमाडौं- सरकारले पुँजी बजारको मनोबल बढाउनका लागि गर्नुपर्ने निर्णयका बारेमा सुझाव दिन कार्यदल गठन गरेको छ। 

धितोपत्र बोर्डका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा अर्थ मन्त्रालयले ४ सदस्यीय कार्यदल बनाएको हो। 

यो कार्यदलले पुँजी बजारको मनोबल बढाउन तथा प्रणालीगत सहजीकरणका लागि के कस्तो काम गर्न सकिन्छ भन्ने पाँच दिनभित्र सुझाव दिनेगरी यो कार्यदल गठन भएको हो। 

कार्यदलले दिएको सुझावका आधारमा सरकारले पुँजी बजारसँग सम्बन्धित निर्णय गर्नेछ। 

कार्यदलमा राष्ट्र बैंकबाट निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्स्चेञ्जबाट कार्यकारी निर्देशक निरन्जन फुयाँल रहेका छन्। कार्यदलको सदस्यसचिवमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला रहेका छन्। 


प्रकाशित : शुक्रबार, असोज ३ २०८२१३:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend