बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

तेह्रथुम पावर र सामलिङ पावरमा किन लाग्यो नेगेटिभ सर्किट?

सोमबार, फागुन १६ २०७८
तेह्रथुम पावर र सामलिङ पावरमा किन लाग्यो नेगेटिभ सर्किट?

काठमाडौं-  सेयर बजारमा साताको दोस्रो कारोबारको दिन सोमबार कारोबारमा आएका २२४ धितोपत्रमध्ये दुई वटा धितोपत्र कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लागेको छ। तेह्रथुम पावरको सोमबार एकै दिन ७८.८० रुपैयाँले घटेर सेयरमूल्य प्रतिकित्ता ७०९.२० रुपैया कायम भएको छ। जुन १० प्रतिशतले घटेको हो। 

सामलिङ पावर कम्पनीको सेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले घटेसँगै नेगेटिभ सर्किट लागेको हो। सामलिङ पावरको पनि प्रतिकित्ता ७९ रुपैयाँले घटेर ७११ रुपैयाँ कायम भएको छ।

पछिल्लाे समय हाइड्राेकाे सेयर घट्दाे क्रममा रहेको छ। साेही कारण दुई कम्पनीमा ठूलाे असर परेकाे देखिन्छ। दुवै कम्पनीकाे सेयर मूल्य बिना आधार उच्च अंकमा पुगेकाे थियाे। 

 


प्रकाशित : सोमबार, फागुन १६ २०७८११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend