बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

४६ कम्पनीको बोनस सेयर खातामा, ७७ कम्पनीको पाइपलाइनमा, कुनको कति?

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन १७ २०७८
४६ कम्पनीको बोनस सेयर खातामा, ७७ कम्पनीको पाइपलाइनमा, कुनको कति?

काठमाडौं- साधारणसभाबाट पारित भएर ४६ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ भने ७७ कम्पनीको सूचीकृत हुने चरणमा रहेको छ। 

अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट कम्पनीहरूले सेयर धनीहरूलाई प्रस्ताव गरेको लाभांश प्रस्तावमध्ये ४६ वटा कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा (नेप्से)मा सूचीकृत भएका छन्।

आर्थिक वर्ष (२०७७/०७८) को मुनाफापछि वाणिज्य बैंक समूह, विकास बैंक समूह, जलविद्युत समूह, फाइनान्स समूह, माइक्रो फाइनान्स समूह, लगानीगत समूह, उत्पादनमूलक समूह, निर्जीवन बीमा समूह गरी १ सय २३ वटा कम्पनीले लाभांश प्रस्ताव गरेको थिए।

तीमध्ये वाणिज्य बैंक समूहका प्रस्ताव गरेका २६ वटै बैंकको लाभांश पारित भइसकेको छ। पारित भएकामध्ये १६ वटा बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएका छन्। बाँकी रहेका बैंकहरूको लाभांश पारित भए पनि नेप्सेमा सूचीकृत हुन बाँकी रहेका छन्। त्यसैगरी विकास बैंक समूहको प्रस्ताविक ९ बैंकको लाभांश पारित भएपश्चात् सातवटा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएका छन्। गरिमा विकास बैंकको बुक क्लोज हुन बाँकी छ।

जलविद्युत समूहको १४ कम्पनीको लाभांश प्रस्ताव गरेकोमा १३ वटा कम्पनीको लाभांश पारित भइसकेको छ। पारित भएका लाभांशमध्ये ८ वटा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएका छन् भने नेसनल हाइड्रो पावर कम्पनीको लाभांश पारित हुन बाँकी रहेको छ। 

लगानीगत समूहको प्रस्ताव गरेका तीनवटै कम्पनीको लाभांश पारित भइसकेको छ।

लाभांश पारित भएकामध्ये नेपाल इन्फाष्ट्रचर बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। अन्य दुई कम्पनीको बोनस सेयर सूचीकृत हुन बाँकी रहेका छन्। त्यस्तै उत्पादनमुलक समूहका चार कम्पनीको प्रस्ताविक लाभांश पारित भइसकेको छन् भने दुईवटा कम्पनीको लाभांश नेप्सेमा सूचीकृत भएका छन् । 

माइक्रो फाइनान्स समूहले प्रस्ताव गरेका ४५ संस्थाको लाभांश पारित भएका छन् भने ९ वटा संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएका छन् । ति मध्ये चारवटा संस्थाको बुक क्लोज हुन बाँकी रहेको छ।

निर्जीवन बीमा समूहको ११ कम्पनीको लाभांश प्रस्ताव गरेकोमा दुई वटा कम्पनीको लाभांश पारित भएका छन् भने अन्य कम्पनीको साधारण सभा बोलाइएको छैन।लाभांश पारित भए पनि कम्पनीको बोनस सेयर सूचीकृत हुन बाँकी रहेका छन्। 


प्रकाशित : मंगलबार, फागुन १७ २०७८०१:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend