आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

सेयर बजारमा नकारात्मक सर्किट ब्रेक

बिहीबार , असोज २ २०८२
सेयर बजारमा नकारात्मक सर्किट ब्रेक

काठमाडौं- सेयर बजारमा नकारात्मक सर्किट ब्रेक लागेको छ। आज बिहीबार कारोबार सुरु हुनासाथ ओरालोतिर लागेको बजार दुई मिनेटमा नै चार प्रतिशतले घटेको हो। 

कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ। सर्किट ब्रेकपछि २० मिनेटका लागि 'मार्केट हल्ट' भएको हो।

सेयर बजार तीव्र गतिमा उकालो लाग्दा वा ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतारचढावमा कारोबार स्थगन गर्ने प्रणाली 'सर्किट ब्रेक' हो।

कारोबार सुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, त्यसपछि ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढेमा 'सर्किट ब्रेक' लाग्ने व्यवस्था छ।

बिहीबार पहिलो सर्किट ब्रेक लाग्दा १०७.०४ अंकले घटेर बजार २५६५.२१ बिन्दुमा झरेको छ। 

पछिल्लो आन्दोलन र राजनीतिक घटनाक्रमका कारण गएको साता मंगलबारयता बन्द रहेको सेयर कारोबार आज बिहीबारदेखि खुलेको हो। 


प्रकाशित : बिहीबार , असोज २ २०८२११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend